नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठे विद्युत प्राधिकरणको नगद प्रवाहमा समस्या आउने बताएका छन् । पत्रकार सम्मेलन गर्दै घिसिङले यदि प्राधिकरणको नगद प्रवाहमा समस्या आए देशकै अर्थतन्त्रमा असर पर्ने बताउँदै १/२ वटा उद्योग डुबेर फरक नपर्ने तर्क गरेका हुन् ।
‘बक्यौता उठाउन नसक्दा प्राधिकरणको नगद प्रवाहमा ठूलो समस्या आउन सक्छ, अवरोध हुँदै जाँदा र रिसिभेबल बढ्दै जाँदा ठूलो समस्या आउन सक्छ,’ उनले भने । पछिल्लो समय प्राधिकरणको महसुल बक्यौता संकलन दर घट्दै गएको र यो क्रम जारी रहे प्राधिकरणको वित्तीय अवस्था नाजुक हुने उनको भनाइ छ ।
‘१/२ वटा उद्योग बन्द हुनुभन्दा प्राधिकरण कमजोर भयो भने भयावह अवस्था सिर्जना हुनेछ’ भन्दै कुलमानले विद्युत प्राधिकरणले मुलुकको अर्थतन्त्रमा डेढ खर्ब सम्मको नगद प्रवाह गरिरहेको बताए ।