Monday, December 2, 2024

यी ४ कारण जसले बढाईरहेको छ सुपर मादी हाइड्रोको शेयर मूल्य

पछिल्लो समय सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर मूल्य निरन्तर बढिरहेको छ। गत असोज २० गतेदेखि कार्तिक २७ गतेसम्मको अवधिमा हेर्दा कम्पनीको शेयर मूल्य एक दिन मात्र घटेको छ । असोज १९ गते ६०७ रुपैयाँमा कम्पनीको अन्तिम कारोबार भएको थियो । कार्तिक २७ गतेसम्म पुग्दा कम्पनीको शेयर ८०५ रुपैयाँ पुगेको छ। अर्थात् २१ दिनको कारोबार अवधिमा कम्पनीको शेयर मूल्य २०० रुपैयाँले बढेको छ।

किन बढिरहेको छ मूल्य ?

कम्पनीको शेयर मूल्य बढ्नुमा विभिन्न कारणहरु रहेको जानकारहरु बताउछन् । कम्पनीले २०८० वैशाखदेखि आफ्नो आयोजनाबाट व्यापारिक उत्पादन गरेको थियो । कम्पनीले व्यापारिक उत्पादन थालेको छोटो अवधि मै २ पटक लाभांश दिइसकेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को साधारण सभा पनि गरिसकेको छ। जसबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। यसले कम्पनीको संस्थागत सुशासन अब्बल रहेको देखाउँछ। यसले पनि मूल्य बढाउँन सहयोग गरेको जानकारहरु बताउछन् ।

कम्पनीले केही दिन अघि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको थियो। जसमा कम्पनीको खुद नाफा ५०.८४ प्रतिशतले बढेको थियो। यसले पनि कम्पनीको शेयर मूल्य बढाउन मद्दत गरेको देखिन्छ।

कम्पनीको शेयर मूल्य बढ्नुको दोस्रो कारण हकप्रद रहेको बताइन्छ। कम्पनीले ताप्लेजुङमा निर्माण गर्न लागेको २८५  मेगावाटको ‘अपर तमोर जलविद्युत आयोजना’मा लगानी गर्न हकप्रद निष्काशन गर्ने तयारी गरेको छ। यो आयोजना निजी क्षेत्रको पहलमा निर्माण हुन लागेको हालसम्म कै ठूलो जलविद्युत आयोजना हो। कम्पनीले साधारणसभाबाट हकप्रद निष्काशन गर्नको लागि आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरिसकेको छ। तर कति अनुपातमा हकप्रद निष्काशन गर्ने हो खुलाएको छैन ।

कति आउला हकप्रद ?

२८५  मेगावाटको ‘अपर तमोर जलविद्युत आयोजना’को गत जेठ २४ गते वित्तीय व्यवस्थापनको सम्झौता भएको थियो । सम्झौता अनुसार एभरेस्ट बैंक लिमिटेडको नेतृत्वमा कृषि विकास बैंक, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैक, नेपाल एसबीआई बैक र गरिमा विकास बैकले ऋण लगानी गर्ने छन् ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज सहित ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसमा ३० प्रतिशत स्वपुँजी र बाँकी ऋण लगानी हुनेछ ।

यस आयोजनाको २० प्रतिशत शेयर सुपर मादी हाइड्रोपावर कम्पनी, २३ प्रतिशत शेयर पुष्प ज्योति ढुंगाना र उनी सम्बद्द कम्पनी र ८ प्रतिशत शेयर सानिमा हाइड्रोपावर लिमिटेडले लिने बताईएको छ।  ३० प्रतिशत शेयर आईपीओ मार्फत सर्वसाधारणलाई निष्काशन हुने छ ।

यस कम्पनीमा लगानीको गर्नको लागि रकम जुटाउन सुपर मादी हाइड्रोपावर कम्पनीले सयदेखि डेढ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्ने सक्ने बजार चर्चा छ ।

कम्पनीको शेयर मूल्य बढ्नुको चौथो कारण कम्पनीको लकइन अवधि नखुलेकोले बताइन्छ। कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ८५ प्रतिशत र १५ प्रतिशत रहेको छ । लकइन अवधि नखुलेकोले  कम्पनीको १५ प्रतिशत शेयर अर्थात् ३३ लाख ७ हजार ५ सय कित्ता शेयर मात्र कारोबार भईरहेको छ । कम्पनीको लकइन अवधि सन् २०२६ को फेब्रुअरीमा मात्र खुल्ने छ। यसले पनि मूल्य बढाउँन मद्दत गरेको जानकारहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img