Monday, December 2, 2024

लक्ष्मीपूजाको दिन देशैभर १६०२ मेगावाट बिजुली माग, काठमाडौँमा मात्रै ३९० मेगावाट खपत

लक्ष्मीपूजाको दिन विद्युतको आन्तरिक उच्च माग (पीक डिमाण्ड) १ हजार ६०२ मेगावाट मापन भएको छ । लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार आन्तरिक रुपमा खपत भएर बढी भएको २५३ मेगावाट बिजुली भारत निर्यात भएको छ ।

जबकी, अघिल्लो दिन नेपाल र बंगलादेशबीचको साफ महिला फुटबलको फाइनल खेल हुँदा १ हजार ८ सय मेगावाट विद्युत खपत भएको थियो ।

यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकामा विद्युतको उच्च माग ३९० मेगावाट पुगेको छ । यो गत वर्षको तुलनामा २४ मेगावाटले बढी हो ।

लक्ष्मी पूजाको दिन कलंकीको स्युचाटारस्थित लोड डिस्प्याच सेन्टरमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोली पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img