Wednesday, July 9, 2025

विविध कार्यक्रम गरेर रजत जयन्ती मनाउँदै इप्पान, छुटै लोगो र नारा तय

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउने भएको छ । वि. स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण २५ वर्ष समर्पित गरिसकेको छ।

देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुऱ्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी २०८१ माघ ४ गते काठमाडौमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको हो। इप्पान अध्यक्ष गणेश कार्कीका अनुसार रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरु दिने इप्पान कार्यसमितिको १८७ औं बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।

इप्पान डे को अवसरमा Economic Prosperity through Energy Development Huge Opportunities, facing challenges and way of solutions in energy sector विषयमा दुईवटा प्यानल डिस्कसन आयोजना गरिने छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरुवारे मन्थन हुने इप्पानले जनाएको छ । इप्पानका अनुसार रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछन् । जसमा फूटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने छ । इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने तथा २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने योजना पनि रहेको इप्पानले जनाएको छ।

देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको छ । देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २५४८ मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।

त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्वौ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुऱ्याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुऱ्याउदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img