रिडी पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ७ गते सभा बोलाएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. आ.व. २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
२. लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ का लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४. इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने सम्बन्धमा ।
बिशेष प्रस्तावः
१. यस कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रु. ७७,४४,५०,६०० लगानी स्वीकृति गर्ने सम्बन्धमा।
२. कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
३. कम्पनीको गाडी, स्काप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
४. सञ्चालकको नियुक्ति अनुमोदन सम्बन्धमा ।