Tuesday, March 18, 2025
spot_img
spot_img

अपि पावर कम्पनीको अध्यक्षमा सिर्जना खड्का

अपि पावर कम्पनीको अध्यक्ष पदमा सिर्जना खड्का मनोनित भएकी छिन् । कम्पनीको आज सोमबार बसेको संचालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

यस अघि हिजो आइतबार सम्पन्न कम्पनीको साधारणसभाले मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने तथा महिला संचालकमा सिर्जना खड्कालाई निर्विरोध निर्वाचित गरेको थियो। नव निर्वाचित संचालकहरु मध्येबाट कम्पनीको संचालक समितिको बैठकले खड्कालाई अध्यक्ष चयन गरेको हो । उनी यस अघि पनि कम्पनीको अध्यक्ष थिइन् ।

कम्पनीको आइतबार सम्पन्न  साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ। वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्ष देखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए। सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो।

सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियम बाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ।साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन।

यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ। सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए। उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ।

यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेगावाट निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

त्यस्तै ,अपि पावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेगावाट निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ।

यस बाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना  ११ मेगावाटको निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ। सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

कम्पनीले सभा प्रयोजनका लागि कम्पनीको कार्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो। अर्थात कार्तिक १ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img