Saturday, April 19, 2025
spot_img

एकसाथ दुई आर्थिक वर्षको साधारणसभा गर्दै मोलुङ्ग हाइड्रो, लोन स्वापको प्रस्ताव

मोलुङ्ग  हाइड्रोपावर कम्पनी लिमिटेडले एकसाथ दुई आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २८ गते आर्थिक वर्ष २०७९/८०  र २०८०/८१ को साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आ.व. २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७९/०८० २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट Dev Associates, Chartered Accountants लाई आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक तोकेको हुँदा सोलाई अनुमोदन गर्ने ।

४. आ.व. २०८१/०८२ को लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५. सञ्चालक समिति गठन गर्ने ।

विशेष प्रस्ताव 

१. प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने ।

२. नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने ।

३. कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम व्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप (Loan Swap) गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । ।

४. संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img