साहस उर्जा लिमिटेडको २ करोड कित्ता बढी शेयरको लकइन अवधि २०८१ असोज १६ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापकले धारण गरेको २ करोड ४५ लाख कित्ता शेयर, आयोजना प्रभावित स्थानीयसँग रहेको ३५ लाख कित्ता शेयर र कर्मचारीसँग रहेको २ लाख १० हजार कित्ता शेयर गरि कुल २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लकइन अवधि खुल्ने लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, योजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।
कम्पनीले २०७८ असोज १७ गते सर्वसाधारणलाई निष्काशन गरिएको शेयर बाँडफांड गरेको थियो ।