नेपाल चेम्बर अफ कमर्सको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । चेम्बरको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभव भएका सफल ऊर्जा उद्यमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।
यस समितिको सहसभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् ।
पन्त नेतृत्वको ऊर्जा समितिमा ७ जना उर्जा उद्यमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा उर्जा उद्यमी कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले समितिका सवै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामन व्यक्त गरेका छन् ।