गोरक्ष हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज ३ गते साधारणसभा बोलाएको छ।
कम्पनीको साधारणसभामा कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पूँजीको १० प्रतिशतका दरले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने शेयर संस्थाका कर्मचारी, श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्कासन (IPO) मार्फत जारी गर्ने विशेष प्रस्ताव समावेश छ। त्यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गरि रु. १ अर्ब ५० करोड पुऱ्याउने तथा तत्काल जारी पूँजी वृद्धि गरि रु. १ अर्ब ३० करोड पुऱ्याउने प्रस्ताव पेश हुने छ।
यस कम्पनीले धादिङ जिल्लाको रुवि भ्याली गाउँपालिकामा अवस्थिति आँखु खोलामा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीमा रिभर ग्रुप प्रालिको १७ प्रतिशत, रघुनाथ पुरीको १६ प्रतिशत, राजु रेग्मीको ९ प्रतिशत, पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको ६ प्रतिशत तथा ओभरसीज नेप्लिज इन्भेष्टमेन्ट कम्पनीको ६ प्रतिशत शेयर स्वामित्व रहेको छ।
कम्पनीको अध्यक्षमा एमाले सांसद एलपी सावाँ लिम्बु रहेका छन्। उनी ओभरसीज नेप्लिज इन्भेष्टमेन्ट कम्पनीबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका हुन्। कम्पनीको अन्य संचालकमा रघुनाथ पुरी ,बालकृष्ण शिवाकोटी, राजु रेग्मी रहेका छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. आ.व. २०७९/०८० र आ.व. २०८०/०८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने कार्य प्रगति प्रतिवेदन सम्बन्धमा ।
२. आ.व. २०७९ / ०८० र आ.व. २०८०/०८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसुची सहितको वित्तीय विवरणहरु अनुमोदन गर्ने सम्बन्धमा ।
३. आगामी आर्थिक वर्ष २०८१ / ०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४.कम्पनिको नियमावलीको नियम २७ बमोजिम संस्थापक समूह मध्येबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ संचालक चयन / मनोनित गर्ने सम्बन्धमा ।
५. संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
६. विविध सम्बन्धमा ।
विशेष प्रस्तावहरु :
१. कम्पनिको अधिकृत पूँजी वृद्धि गरि रु. १ अर्ब ५० करोड पुऱ्याउने सम्बन्धमा ।
२. कम्पनिको तत्काल जारी पूँजी वृद्धि गरि रु. १ अर्ब ३० करोड पुऱ्याउने सम्बन्धमा ।
३. कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पूँजीको १० प्रतिशतका दरले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने शेयर संस्थाका कर्मचारी, श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्कासन (IPO) मार्फत जारी गर्ने सम्बन्धमा ।
४. प्राथमिक शेयर निष्कासन (IPO) सँग सम्बधित काम कार्यवाहि अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
५. कम्पनीको प्रबन्धपत्रको नियम ६ संसोधन गर्ने सम्बन्धमा ।
६. कम्पनीको नियमावलीको नियम २७ (२) संसोधन गर्ने सम्बन्धमा ।
७. विविध ।