Monday, February 17, 2025
spot_img

गोकुल बाँस्कोटाको प्रश्न, ‘डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब बक्यौता किन छुट दिएको ?’

नेकपा (एमाले)का सांसद गोकुल प्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंक लाइनको महशुल विवाद कायम रहेकै बेला तत्कालिन सरकारले १६ अर्ब रुपैयाँ किन मिनाहा गर्यो भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले तत्कालीन सरकार र विद्युत प्राधिकरणको नेतृत्वलाई १६ अर्ब मिनाह किन दिइयो भन्ने प्रश्न गरेका हुन् ।

‘९ वर्षदेखि विद्युत प्राधिकरणको नेतृत्वमा को छ ? उठाउने भए यो समय पर्याप्त होइन ? मैले सञ्चारमन्त्री भएका बेला १ वर्षमा ५१ अर्ब राजश्व उठाइदिएको अनुभव छ । अचेल खुबै नो इफ नो बट भन्ने भाषा चलेको छ । म पनि भन्छु, नो इफ नो बट, विद्युत महशुल नउठाउनेलाई कारबाही गर्नुपर्छ कुरा क्लियर कट’ बाँस्कोटाले भने, ‘मलाई कुनै लोकरिझ्याइँ गर्नु पनि छैन, गलत कुराको आँधीबेहरी केही समय चल्ने हो, तर सत्य एउटै हुन्छ । तत्कालीन सरकार र विद्युत प्राधिकरणको नेतृत्वलाई प्रश्चन छ, १६ अर्ब मिनाह किन दिइयो ? एकातिर महशुल नउठाउने, अर्कोतिर हिरोइजम देखाउन पर्दैन । मिलेमतोमा महशुल छुट दिनेको लोकरिझ्याइँ पनि धेरै टिक्दैन । विद्युत प्राधिकरण राज्यको सम्पत्ति हो, कुनै एक पपुलिस्टको निजी सम्पत्ति होइन ।‘

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...