Tuesday, March 18, 2025
spot_img
spot_img

आईपीओ निष्काशन गर्न आरती पावरले चयन गर्यो बिक्री प्रबन्धक

आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।  सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

बिहिबार  आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य रु. १००।– दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।

आरती पावर वि.सं. २०७२ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो।  कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको छ। कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले कोशी प्रदेशको भोजपुर जिल्लामा माथिल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ। आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मे. वा. को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको कम्पनीले जनाएको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img