Thursday, May 22, 2025
spot_img

नेपालको बिजुली उत्पादनमा सोलारको योगदान ८१ मेगावाट, ७१ मेगावाट लगानीको पर्खाईमा

नेपालमा उत्पादित बिजुलीमा सोलारको योगदान ३.२८ प्रतिशत मात्रै भएको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्मको तथ्यांक अनुसार नेपालको विद्युत जडित क्षमता २ हजार ४ सय ९५ मेगावाट पुगेको छ । जस मध्ये सोलारको योगदान ८१.९४ मेगावाट रहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा १६ वटा सोलार आयोजनाबाट विद्युत उत्पादन भईरहेको छ। जस मध्ये पियोर इनर्जीले १० मेगावाटको दुई वटा आयोजना संचालन गरिरहेको छ। त्यस्तै इको पावर डेभलपमेन्ट लिमिटेडले पनि १० मेगावाटको आयोजना संचालन गरिरहेको छ। अपि पावर कम्पनीले ३ वटा सोलार आयोजना संचालन गरिरहेको छ। अपि पावर कुल ६ मेगावाट क्षमताको सोलार उर्जा आयोजना संचालन गरिरहेको छ।

हेर्नुस् नेपालमा हाल संचालित सोलार आयोजना 

 

हाल नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता सम्पन्न भएर ५१.७० मेगावाटका सोलार आयोजना निर्माणाधीन छन् । वितीय व्यवस्थापन सम्पन्न भई  ६ वटा सोलार आयोजना निर्माणाधीन छन्, जुन सम्पन्न भए पश्चात ५१.५७ मेगावाट सोलार उर्जा उत्पादन हुने छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता सम्पन्न भएका तर वित्तीय व्यवस्थापन नभएका ७१.५० मेगावाट सोलार आयोजना पाईपलाइनमा छन् । यस अन्तर्गत ८ वटा सोलार आयोजना छन्, जुन वित्तीय व्यवस्थापन भएपछि निर्माण चरणमा जाने छन् ।

हाल निर्माण सम्पन्न भईसकेका, निर्माणाधीन अवस्थामा रहेका र वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका सबै आयोजना जोड्दा नेपालको सौर्य उर्जा क्षमता २०० मेगावाट नाघ्ने छ ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img