Monday, July 14, 2025

माओवादीलाई प्रधानमन्त्रीको प्रतिप्रश्नः बिजुलीको २२ अर्ब उठाउनु पर्नेमा १६ अर्ब किन छुट दिएको ?

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुलको बक्यौताका सम्बन्धमा माओवादी केन्द्रका सांसदहरुलाई प्रतिप्रश्न गरेका छन् । प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले महालेखा परीक्षकको कार्यालयले उद्योगीहरुबाट विद्युत बक्यौतबापत २२ अर्ब उठाउनुपर्छ भनेकोमा आफू अगाडीको सरकारले ६ अर्ब मात्रै उठाउने गरि निर्णय गरेको भन्दै ‘बाँकी १६ अर्ब खोइ ?’ भन्दै प्रतिप्रश्न गरेका हुन् ।

‘महालेखा परीक्षकको कार्यालयले समेत २२ अर्ब उठाउनुपर्ने भनेको छ, तर विद्युत प्राधिकरणलाई अघिल्लो सरकारले ६ अर्ब मात्रै उठाउन निर्देशन गरेको रहेछ, बाँकी १६ अर्ब कहाँ गयो ?’ माओवादी सांसद शक्ति बस्नेत लगायतलाई प्रधानमन्त्रीले प्रतिप्रश्न गरे ।

प्रधानमन्त्रीले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो गलत भएको दोहोर्याउँदै उद्योग चलाएरै बक्यौता उठाइने पनि बताएका छन् । आफू सरकारमा हुँदा १६ अर्ब मिनाहा गरेर अहिले सरकारले महशुल मिनाहा गर्न लागेको भन्ने झुटो नगर्न समेत आग्रह गरे ।

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img