हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव सहित भदौ २३ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा आ.व.२०८०/०८१ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न , लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, आ.व. २०८१/०८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्तिको अनुमोदन गर्ने, प्रारम्भिक शार्वजानिक निस्कासन (IPO) सम्बन्धमा निर्णय गर्ने , तथा प्रवन्धपत्र नियमावली संसोधन गर्ने प्रस्ताव पेश हुने छन्।
यस कम्पनीले दोलखाको बिगु गाउँपालिकामा २० मेगावटकमो सागु खोला आयोजना र ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीमा अवसर इक्वीटी डाइभर्सीफाईड फण्डको ४४ प्रतिशत, हिमाल गुरुङको २७ प्रतिशत, भूमिका गुरुङको १० प्रतिशत तथा मनिष थापा मगरको ९ प्रतिशत लगानी छ।