भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले नेपालका विभिन्न १२ जलविद्युत आयोजनाबाट उत्पादित थप २५१ मेगावाट विद्युत किन्ने भएको हो ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतको तोकिएको प्राधिकरणले अन्तरदेशीय व्यापारका लागि नेपालका १२ जलविद्युत् आयोजनाबाट २५१ मेगावाट विद्युत लैजान स्वीकृति पाएको हो । भारतको बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत नेपालबाट विद्युत् निर्यात हुन लागेको हो ।
यसअघि गत आर्थिक वर्ष नेपालले भारतमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् निकासी गरेको थियो ।
नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा सम्झौताअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लैजाने छ ।