Saturday, September 14, 2024

पूर्वी नेपालमा चर्को लोडसेडिङ, उद्योगहरुमा रुवाबासी

पूर्वी नेपालका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले लगातार लोडसेडिङ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले औद्योगिक क्षेत्रमा प्राधिकरणले पुनः लगातार चर्को लोडसेडिङ गर्न थालेपछि उद्योगहरू गम्भीर संकटमा पर्न थालेको जनाएको हो ।

मुलुकको प्रमुख औद्योगिक करिडोर मानिएको सुनसरी–मोरङ करिडोरमा रहेका उद्योगहरूमा पूर्व सूचना बिना दैनिक घण्टौसम्म विद्युत आपूर्ति बन्द हुने गरको तथा पटक पटक हुने लो भोल्टेज र ट्रिपिन्ड्नले उद्योगहरुमा समस्या सिर्जना भएको परिसंघ कोशी प्रदेशले जनाएको छ । यसकारण उद्योगहरूले ठूलो आर्थिक नोक्सानी भोग्नु पर्ने अवस्था आएको भन्दै उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।

अचानक र अघोषित रुपमा हुने लोडसेडिङले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै परिसंघ कोशी प्रदेशले अविलम्ब समस्याको समाधान गर्न माग गरेको छ ।

‘लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिका अनुसार उद्योग सञ्चालन गर्न नसक्ने, कामदारहरु बिना काम अलपत्र र घर फर्काउन बाध्य हुँदा औद्योगिक वातावरण खलबलिन थालेको छ’ परिसंघ कोशी प्रदेशले भनेको छ, ‘उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्यालामा समेत असर परेको छ ।’

अपरझट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेशिनहरूमा क्षति पुग्ने, उत्पादन कटौती हुँदा सामान डेलिभरीमा अवरोध भैरहेको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाँदा उत्पादन लागत खर्च बढेर प्रतिस्पर्धा गर्न नसकिने अवस्था आएको समेत उद्योगीहरुको गुनासो छ ।

‘एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने, विद्युत निर्यात गर्न सक्षम भएर नाफा कमाएको तथ्यांक मुलुकबासिलाई दिने र अर्कोतर्फ आफ्नै देशका उद्योगमा विद्युतकै कारण औद्योगिक वातावरण खलबलिने र उत्पादन नै अवरुद्ध बनाउने बिडम्बना छ’ परिसंघ कोशी प्रदेशले भनेको छ, ‘प्राथमिकताका दृष्टिकोणबाट पनि पहिले आन्तरिक खपत र स्थानीय माग पुर्ति गरेर मात्र बढी भएको उर्जा हामीले विदेश निर्यात गर्नुपर्नेमा स्वदेशी उद्योगीहरुलाई रुवाबासी गराउँदै जाने हामी कस्तो अभ्यास गर्दैछौँ ?’

चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने निश्चित भएको उनीहरुको भनाइ छ ।

‘अब पनि कुनै बाहानामा विद्युत अवरुद्ध गरिएमा हामी उद्योग बन्द गर्न बाध्य हुनेतर्फ समेत गम्भीर ध्यानाकर्षण गराउँदछौँ’ परिसंघ कोशीले भनेको छ, ‘चौतर्फी संकटमा रहेका उद्योगहरूले अहिले आएर फेरी पटक पटक सामाना गर्नु परेको उर्जा समस्या समाधानमा नेपाल विद्युत प्राधिकरण तथा सरकारलाई गम्भीर हुन आग्रह गर्दछौँ ।’

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...