spot_img

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

spot_img

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माणबारे एकमत भएका छन् । यस अघि आयोजना निर्माणले बेँसीसहरको सुन्दरता बिगार्ने, तथा शहरलाई नकारात्मक प्रभाव पर्ने भन्दै दलहरु आयोजनाको विपक्षमा उभिएका थिए ।

स्थानीयको चासोलाई सम्बोधन गर्दै कम्पनीले आयोजनाको डिजाइन र स्थानमा केही परिवर्तन गर्ने भएसँगै जिल्लाका राजनीतिक दलहरु आयोजना अघि बढाउन सहमत भएका छन् । यस संगै आयोजनाको अवरोध खुलेको छ र कम्पनीलाई आयोजना निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ।

यो आयोजना  दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले बनाउन लागेको हो । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको छ ।

नयाँ डिजाइन अन्तर्गत अब सुरूङ मार्गको साटो पेनस्टक पाइप प्रयोग गरिने छ । त्यस्तै मर्स्याङ्दी गाउँपालिका–९ को बगैँचामा बाँध बाँधेर बेँसीसहर–१०, भोटेफाँटमा विद्युत् गृह बन्ने छ ।

स्थानीयले चासोको साथ उठाएको वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई गम्भिरताका साथ लिएको र  आयोजनाको निर्माण गर्दा ति चासोलाई समेटिने कम्पनीले उल्लेख गरेको छ। यो आयोजना पनि नेपाल विद्युत प्राधिकरणले भोटेवडारमा निर्माण गरेको ७० मेगावाटको अर्ध जलाशययुक्त मध्य मर्स्याङ्दी आयोजना जस्तै हो कि भन्ने डर स्थानीयमा देखिएको थियो । तर कम्पनीले भने यी दुवै आयोजना फरक प्रकृतिको भएको प्रष्ट पारेको छ।

कम्पनीका अध्यक्ष सतिश न्यौपानेका अनुसार दिब्य ज्योतिले निर्माण गर्न लागेको आयोजना नदीमा प्रवाभित (Run of river) प्रकारको आयोजना हो । प्राधिकरणले भोटेवडारमा निर्माण गरेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजना भने अर्ध जलाशययुक्त आयोजना हो । मध्य मर्स्याङ्दी आयोजनामा जस्तो सम्पूर्ण पानी थुनेर आयोजना संचालन नगरिने उनले स्पष्ट पारेका छन्।

कम्पनीका अनुसार नदीमा वार्षिक औषत पानीको बहाब लगभग १५० घनमीटर छ। तर यो आयोजना निर्माण गर्न केवल ७० घनमिटर पानी मात्र आवश्यक पर्ने भएकोले बाँकी रहेको पानी पर्याप्त हुने र  वातावरणिय असरमा हानी नहुने कम्पनीले जनाएको छ । कम्पनीले स्थानीयहरुलाई समेटी उनीहरुको सिप, र दक्षताका आधारमा रोजगारीको सुनिश्चितता गरिने प्रतिवद्दता पनि जनाएको छ ।

आयोजनाको निर्माण कार्यबाट यस क्षेत्रमा रहेका मसानघाट देखि लिएर अन्य प्रभाव पर्न जाने सम्पूर्ण क्षेत्रहरुलाई मध्यनजर गरि सो मा पर्न जाने प्रभावलाई आत्मसात लिई कार्य गरिने पनि कम्पनीले प्रष्ट पारेको छ । यो क्षेत्रको पर्यटकिय, संस्कृतिक, भौगोलिक एवं पुरातात्विक सम्पदामा कूनै प्रतिकूल असर नहूने गरि कार्य गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस आयोजनाबाट विद्युत उत्पादन भए पश्चात कम्पनीको आम्दानीको २ प्रतिशत र प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाख गरि जम्मा ३.५ करोड रुपैयाँ रोयल्टी बापत नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ। सो रोयल्टी वापतको रकम आयोजना प्रभावित जिल्ला तथा नगरपालिकाको साथै वडा कार्यालयमा पनि आउने प्रावधान रहेकोले स्थानिय स्तरको विकासमा पनि टेवा पुग्न जाने कम्पनीले उल्लेख गरेको छ । आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदनको प्रावधान अनुसार सामाजिक उत्तरदायित्वको कार्यको लागि सम्बन्धित निकाय सँग छलफल तथा परामर्श गरि कार्य गरिने र यसले आयोजना प्रभावित क्षेत्रमा खानेपानी, मठमन्दिर, स्कूल तथा बाटोको मर्मत तथा अन्य आवश्यक पुर्वाधार विकासमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

यो कम्पनीबाट स्थानियहरुलाई शेयर निष्काशन गरि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरि स्थानीयलाई समेत लाभान्वित गराईने कम्पनीले प्रष्ट पारेको छ। अबको १० वर्ष भित्र नेपाल सरकारले देशमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित कार्य गरिरहेको हुनाले यस आयोजनाले पनि नेपाल सरकारको उक्त लक्ष्यलाई पुरा गर्न सहयोग पुग्ने र आयोजना बन्दा स्थानीयले समेत गर्व गर्न सक्ने कम्पनीले जनाएको छ । आयोजनाबाट स्थानीय र देशलाई नै बहुआयामिक लाभ तथा फाइदा हुने कम्पनीले जनाएको छ।

यो आयोजनाको निमार्ण तत्काल सुरु हुने छ । कम्पनीका अनुसार  आयोजना निर्माणका लागि २०७५ भदौ १० मा  नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद विक्रि सम्झौता सम्पन्न भएको थियो भने उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयवाट  २०६५ असोज ३० मा सर्वेक्षण अनुमति पत्र प्राप्त गरिएको थियो। साथै २०७४ असोज १ मा आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयवााट स्वीकृत भएको र आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि कार्य अगाडी बढाएको कम्पनीले जनाएको छ।

आयोजना दिव्यज्योति हाईड्रोपावर लिमिटेडमार्फत निर्माण गरिने छ ।  यो आयोजना ३० महिनाको अवधि भित्र स्थानिय श्रोत, साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गरी आयोजनाको निर्माण कार्य सम्पन्न गरिने छ । कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको ५१ प्रतिशत भन्दा बढी लगानी रहने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...