Sunday, May 25, 2025
spot_img

बाढीका कारण तामाकोशीसहित ७ जलविद्युत आयोजना पूर्ण बन्द, ९ वटा आंशिक चल्दै

spot_img
spot_img

शुक्रबारदेखि देशका विभिन्न स्थानमा भईरहेको वर्षाको कारण जलविद्युत आयोजनाको उत्पादन प्रभावित भएको छ। भारी बर्षाका कारण बाढी आउँदा ७ वटा आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द गरिएको छ भने ९ वटा बाट आंशिक रुपमा मात्र विद्युत उत्पादन भईरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देश कै ठूलो अपर तामाकोशीको उत्पादन पनि बन्द गरिएको छ । राति १ बजेर ४३ मिनेटपछि ४५६ मेगावाटको तामाकोशीको उत्पादन पूर्ण रुपमा बन्द गरिएको छ  । त्यस्तै बिहान ४ बजेर १० मिनेटपछि ६० मेगावाटको अपर त्रिशुली ३ ए आयोजनाको उत्पादन बन्द गरिएको छ भने ८ बजेर ४६ मिनेट पछि १० मेगावाटको सुनकोशी आयोजनाको उत्पादन बन्द गरिएको छ। प्राधिकरण र उसका सहायक कम्पनीका ५२६ मेगावाटका विद्युत आयोजना बन्द गरिएको छ।

त्यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावटको लोवर मोदी, १८ मेगावाटको मिडल मोदी र ४० मेगावटको अपर चमेलियाको उत्पदन पूर्ण रुपमा बन्द गरिएको छ । सरकारी र निजी क्षेत्रको गरि कुल ६४० मेगावाटका आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा ठप्प छ ।

यी बाहेक ९ वटा आयोजनाले भने आंशिक रुपमा मात्र विद्युत उत्पदन गरिरहेका छन् । सोलु दुधकोशीले ५० मेगावाट, लिखु १ ले ४७ मेगावाट, लिखु २ ले २९ मेगावाट, मध्य तमोरले ३८ मेगावाट, कालिगण्डकी एले ६० मेगावाट , मोदीले ७ मेगावाट, त्रिशुलीले ६ मेगावाट, देविघाटले ५ मेगावाट र चमेलियाले १४ मेगावाटमात्र विद्युत उत्पादन गरिरहेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img