spot_img

बाढीका कारण तामाकोशीसहित ७ जलविद्युत आयोजना पूर्ण बन्द, ९ वटा आंशिक चल्दै

spot_img

शुक्रबारदेखि देशका विभिन्न स्थानमा भईरहेको वर्षाको कारण जलविद्युत आयोजनाको उत्पादन प्रभावित भएको छ। भारी बर्षाका कारण बाढी आउँदा ७ वटा आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द गरिएको छ भने ९ वटा बाट आंशिक रुपमा मात्र विद्युत उत्पादन भईरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देश कै ठूलो अपर तामाकोशीको उत्पादन पनि बन्द गरिएको छ । राति १ बजेर ४३ मिनेटपछि ४५६ मेगावाटको तामाकोशीको उत्पादन पूर्ण रुपमा बन्द गरिएको छ  । त्यस्तै बिहान ४ बजेर १० मिनेटपछि ६० मेगावाटको अपर त्रिशुली ३ ए आयोजनाको उत्पादन बन्द गरिएको छ भने ८ बजेर ४६ मिनेट पछि १० मेगावाटको सुनकोशी आयोजनाको उत्पादन बन्द गरिएको छ। प्राधिकरण र उसका सहायक कम्पनीका ५२६ मेगावाटका विद्युत आयोजना बन्द गरिएको छ।

त्यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावटको लोवर मोदी, १८ मेगावाटको मिडल मोदी र ४० मेगावटको अपर चमेलियाको उत्पदन पूर्ण रुपमा बन्द गरिएको छ । सरकारी र निजी क्षेत्रको गरि कुल ६४० मेगावाटका आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा ठप्प छ ।

यी बाहेक ९ वटा आयोजनाले भने आंशिक रुपमा मात्र विद्युत उत्पदन गरिरहेका छन् । सोलु दुधकोशीले ५० मेगावाट, लिखु १ ले ४७ मेगावाट, लिखु २ ले २९ मेगावाट, मध्य तमोरले ३८ मेगावाट, कालिगण्डकी एले ६० मेगावाट , मोदीले ७ मेगावाट, त्रिशुलीले ६ मेगावाट, देविघाटले ५ मेगावाट र चमेलियाले १४ मेगावाटमात्र विद्युत उत्पादन गरिरहेको प्राधिकरणले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...