Friday, December 12, 2025
spot_img

निजगढ-पोखरिया प्रसारण लाइन बनाउँदै विद्युत प्राधिकरण, २ हजार मेगावाट विद्युत प्रवाह हुने

spot_img

नेपाल विद्युत प्राधिकरणले निजगढ-पोखरिया ४०० के.भी. विद्युत प्रसारण लाईन निर्माण गर्ने भएको छ। प्राधिकरणले प्रसारण लाइन निर्माण अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ।

प्रस्तावित प्रसारण लाईन तथा सवस्टेसन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा  आफ्नो लिखित राय प्रतिक्रिया दिन विभाग र प्राधिकरणले अनुरोध गरेको छ।

यो प्रसारण लाइन मधेश प्रदेश अन्तर्गत पर्ने रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. २ र ३ मा प्रस्तावित निजगढ सवस्टेसनदेखि सुरु हुने छ ।  गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका भई बारा जिल्लाको कोल्बी नगरपालिका, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका हुँदै जितपुर सिमरा उपमहानगरपालिका वडा न. ८ मा प्रस्तावित रमौली सवस्टेसनसम्म हुने छ। त्यसपछि पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका हुँदै पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. १ मा पोखरिया सवस्टेसन सम्म हुने छ । आयोजना अन्तर्गत  ४०० /१३२/३३ के.भी. को निजगढ सवस्टेसन, ४०० / १३२/३३/११ के.भी. को रमौली सवस्टेसन र ४००/२२०/१३२/३३/११ के.भी. को पोखरिया सवस्टेसनसमेत निर्माण गरिने छ ।

प्रसारण लाइनको लम्बाई कुल ६४.६०४ किलोमिटर हुने छ। प्रसारण लाईनको भोल्टेज ४,००,००० भोल्ट, डबल सर्किट रहने छ र यसबाट २००० मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सकिनेछ ।  प्रसारण लाइनमा १८५ वटा टावरहरू निर्माण गरिने छन् तथा ACSR Quad MOOSE Conductor’ जडान गरिने छ ।

टावरको अधिकतम उचाई ५९.४३ मी. सम्म रहने तथा टावरहरू बिचको दुरी १५५.३१८-५६१.५२ मी. हुनेछ ।आयोजनालाई टावर निर्माण (एङ्गल र सस्पेन्सन), सवस्टेसन निर्माण, प्रसारण लाईनको विद्युत मार्ग अधिकार क्षेत्र (राइट अफ वे) र भण्डारण/ कामदार शिविर स्थापनाका लागि गरी कुल ३१०.६४७ हेक्टर जग्गा आवश्यक पर्नेछ । यो प्रसारण लाईनको क्षेत्राधिकार (RoW) विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्यूनतम दुरीमा नघटाई प्राविधिक दृष्टिकोणबाट ४६ मी. ( मध्य विन्दबाट २३ / २३ मी. दायाँ बायाँ) कायम गरिने प्राधिकरणले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...
spot_img
spot_img