Tuesday, July 15, 2025

तल्लो मनाङ मर्स्याङ्दीलाई लगानी जुटाउन बुटवल पावरले पायो थप समय

spot_img
spot_img

बुटवल पावर कम्पनी लिमिटेडले १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि लगानी जुटाउन थप समय पाएको छ । विद्युत विकास विभागले आयोजनाको लागि लगानी जुटाउने म्याद एक वर्षको लागि थप गरिदिएको हो।

यस संगै अब कम्पनीले आयोजनाको लागि २०८२ कार्तिक १७ गतेसम्म वित्तीय व्यवस्थापन गरिसक्नु पर्ने हुन्छ । विभागले गत असार ९ गते कम्पनीलाई लगानी जुटाउने म्याद थपको अनुमति पत्र प्रदान गरेको हो ।

तल्लो मनाङ मस्याङ्दी जलविद्युत आयोजना क्यास्केड अर्धजलाशययुक्त (Cascade Peaking Run of River) आयोजना हो । आयोजनाको प्रबर्द्धक संस्था विद्युत बिक्रीकर्ता बुटवल पावर कम्पनी लिमिटेड हो । आयोजनाको जडित क्षमता १३९.२ मेगावाट रहेको छ । आयोजनाबाट७९० गिगावाट घण्टा उर्जा उत्पादन हुने छ ।

आयोजना मनाङ जिल्ला नासों गाउँपालिका साविक ताचैवगरछाप, थोंचे र धारापानी गाविसमा अवस्थित छ । आयोजनाको पीपीए भईसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img