राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ वटा जलविद्युत आयोजनाबीच आज ग्रिड कनेक्सन एग्रिमेन्ट सम्झौता हुने भएको छ। आज उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काको उपस्थितिमा सो सम्झौता हुन लागेको हो।
ग्रिड कम्पनीले तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनी, सुरमा सरोवर हाइड्रोपावर प्रालि, बडिमालिका हाइड्रोपार प्रालि, सुर्य होल्डिंग प्रालि, र हिमजल हाइड्रोपावर प्रालिसँग सम्झौता गर्न लागेको हो।
तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनीले तीला नदीमा ४४० मेगावाटको तीला १ हाइड्रोपार आयोजना, सुरमा सरोवरले सेती नदीमा ५४ मेगावटको महाकाली सेती पीआरओआर क्यासकेड आयोजना, बडीमालिका हाइड्रोले सेती नदीमा ७२ मेगावाटको मालुमेला सेती नदी पीआरओआर आयोजना, सुर्य होल्डिंगले मेवाखोलामा ३१.९२ मेगावाटको अपर मेवाखोला ए आयोजना र हिमजल हाइड्रोपावरले दरौदी नदीमा ९.४१३ मेगावाटको सुपर दरौदी आयोजना निर्माण गर्ने छ ।
यी आयोजनाले निर्माण गर्ने आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बनाएका प्रसारण लाइन र सबस्टेसनमा जोडिने छ।