Monday, January 19, 2026
spot_img

 राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ हाइड्रोबीच ग्रिड कनेक्सन सम्झौता हुँदै

spot_img
spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ वटा जलविद्युत आयोजनाबीच आज ग्रिड कनेक्सन एग्रिमेन्ट सम्झौता हुने भएको छ। आज उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काको उपस्थितिमा  सो सम्झौता हुन लागेको हो।

ग्रिड कम्पनीले तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनी, सुरमा सरोवर हाइड्रोपावर प्रालि, बडिमालिका हाइड्रोपार प्रालि, सुर्य होल्डिंग प्रालि, र हिमजल हाइड्रोपावर प्रालिसँग सम्झौता गर्न लागेको हो।

तिला कर्णाली हाइड्रो इलेक्ट्रिक कम्पनीले तीला नदीमा ४४० मेगावाटको तीला १ हाइड्रोपार आयोजना,  सुरमा सरोवरले  सेती नदीमा ५४ मेगावटको महाकाली सेती पीआरओआर क्यासकेड आयोजना,  बडीमालिका हाइड्रोले सेती नदीमा ७२ मेगावाटको  मालुमेला सेती नदी पीआरओआर आयोजना, सुर्य होल्डिंगले मेवाखोलामा  ३१.९२ मेगावाटको अपर मेवाखोला ए आयोजना र हिमजल हाइड्रोपावरले  दरौदी नदीमा ९.४१३ मेगावाटको सुपर दरौदी आयोजना निर्माण गर्ने छ ।

यी आयोजनाले निर्माण गर्ने आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बनाएका प्रसारण लाइन र सबस्टेसनमा जोडिने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img