Tuesday, July 15, 2025

म्याग्दी खोला बी जलविद्युत आयोजना बनाउँदै सुश्मित इनर्जी, २०८५ वैशाखमा सक्ने लक्ष्य

spot_img
spot_img

सुश्मित इनर्जी प्रालिले १२.५ मेगावाट क्षमताको म्याग्दी खोला बी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले विद्युत उत्पादन अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको हो। आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन उर्जा मन्त्रालयबाट २०८० असार मै स्वीकृत भएको थियो।

यस आयोजनाको सम्पूर्ण संरचनाहरु म्याग्दीको  धवलागिरी गाउँपालिकामा म्याग्दी खोलाको दायाँ किनारमा रहनेछन् । प्रस्तावित म्याग्दी खोला बी जलविद्युत आयोजनाको लागि म्याग्दी खोला जलविद्युत आयोजना ( ५७.३ मे.वा.) को टेलरेसबाट आएको पानीलाई म्याग्दी खोलामा बग्न नदिई एपरोच कल्भर्टद्वारा २४ मि. लम्बाई ८ मि. चौडाई र ६.२५ मि. उचाई भएको हेडपोण्डमा पानी सङ्कलन गरिनेछ । उक्त सङ्कलित पानीलाई १३५९.६५ मि. लम्बाई र २.५ मि. व्यास भएको हेडरेस पाइप र ४४५ मि. हेडरेस सुरुङ्ग मार्फत २८.४ मि. गहिराई भएको सर्ज ट्यांकमा लगिनेछ र तत्पश्चात पानीलाई २०४ मि. लम्बाई भएको पेनस्टक पाइप मार्फत ३५.३० मि. लम्बाई, १९ मि. चौडाई र १६.६० मि. उचाई भएको सतही विद्युतगृहमा पुऱ्याइनेछ ।

विद्युत गृहमा जडित २ वटा Horizontal Axis Francis Turbine र २ वटा Generator मार्फत १२.५ मेगावाट विद्युत उत्पादन गरिनेछ । त्यहाँबाट निस्केको पानीलाई ५० मि. लम्बाई भएको Tailrace मार्फत पुनः म्याग्दी खोलामा छाड्ने प्रबन्ध मिलाइनेछ । Tailrace level १७१८.०० मी. masl कायम गरिनेछ । विद्युत गृह नजिकै Switchyard निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत २ कि.मि. लामो प्रसारण लाईन मार्फत म्याग्दी खोला जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

आयोजनाको बाँध स्थल भन्दा तल तथा विद्युत गृह भन्दा माथिको खण्डमा पाइने जिवजन्तु, जलचर तथा बोट बिरुवाहरुको लागि आवश्यक पर्ने न्यूनतम पानी नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृत भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ( Initial Environmental Examination) प्रतिवेदनमा उल्लेख गरिए बमोजिम अविच्छिन्न रुपमा तल्लो तटीय क्षेत्रमा छाड्न सुस्मित इनर्जी प्रा.लिले प्रस्ताव गरेको छ । यो आयोजना वि.सं. २०८५ वैशाख अप्रिल २०२८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट वार्षिक सरदार ७३.३० गिगावाट घण्टा विद्युत उत्पादन हुने छ ।

सुश्मित इनर्जी प्रालिको अध्यक्ष सुशील पोखरेल हुन् । कम्पनीको अन्य संचालकमा भवानी देवकोटा, सुवाष बराल , विनोद ढकाल र यदव पोखरेल छन्।

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना पनि यहि कम्पनीले नै निर्माण गरिरहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...
spot_img