Tuesday, February 10, 2026
spot_img

म्याग्दी खोला बी जलविद्युत आयोजना बनाउँदै सुश्मित इनर्जी, २०८५ वैशाखमा सक्ने लक्ष्य

spot_img
spot_img

सुश्मित इनर्जी प्रालिले १२.५ मेगावाट क्षमताको म्याग्दी खोला बी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले विद्युत उत्पादन अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको हो। आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन उर्जा मन्त्रालयबाट २०८० असार मै स्वीकृत भएको थियो।

यस आयोजनाको सम्पूर्ण संरचनाहरु म्याग्दीको  धवलागिरी गाउँपालिकामा म्याग्दी खोलाको दायाँ किनारमा रहनेछन् । प्रस्तावित म्याग्दी खोला बी जलविद्युत आयोजनाको लागि म्याग्दी खोला जलविद्युत आयोजना ( ५७.३ मे.वा.) को टेलरेसबाट आएको पानीलाई म्याग्दी खोलामा बग्न नदिई एपरोच कल्भर्टद्वारा २४ मि. लम्बाई ८ मि. चौडाई र ६.२५ मि. उचाई भएको हेडपोण्डमा पानी सङ्कलन गरिनेछ । उक्त सङ्कलित पानीलाई १३५९.६५ मि. लम्बाई र २.५ मि. व्यास भएको हेडरेस पाइप र ४४५ मि. हेडरेस सुरुङ्ग मार्फत २८.४ मि. गहिराई भएको सर्ज ट्यांकमा लगिनेछ र तत्पश्चात पानीलाई २०४ मि. लम्बाई भएको पेनस्टक पाइप मार्फत ३५.३० मि. लम्बाई, १९ मि. चौडाई र १६.६० मि. उचाई भएको सतही विद्युतगृहमा पुऱ्याइनेछ ।

विद्युत गृहमा जडित २ वटा Horizontal Axis Francis Turbine र २ वटा Generator मार्फत १२.५ मेगावाट विद्युत उत्पादन गरिनेछ । त्यहाँबाट निस्केको पानीलाई ५० मि. लम्बाई भएको Tailrace मार्फत पुनः म्याग्दी खोलामा छाड्ने प्रबन्ध मिलाइनेछ । Tailrace level १७१८.०० मी. masl कायम गरिनेछ । विद्युत गृह नजिकै Switchyard निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत २ कि.मि. लामो प्रसारण लाईन मार्फत म्याग्दी खोला जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

आयोजनाको बाँध स्थल भन्दा तल तथा विद्युत गृह भन्दा माथिको खण्डमा पाइने जिवजन्तु, जलचर तथा बोट बिरुवाहरुको लागि आवश्यक पर्ने न्यूनतम पानी नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृत भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ( Initial Environmental Examination) प्रतिवेदनमा उल्लेख गरिए बमोजिम अविच्छिन्न रुपमा तल्लो तटीय क्षेत्रमा छाड्न सुस्मित इनर्जी प्रा.लिले प्रस्ताव गरेको छ । यो आयोजना वि.सं. २०८५ वैशाख अप्रिल २०२८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट वार्षिक सरदार ७३.३० गिगावाट घण्टा विद्युत उत्पादन हुने छ ।

सुश्मित इनर्जी प्रालिको अध्यक्ष सुशील पोखरेल हुन् । कम्पनीको अन्य संचालकमा भवानी देवकोटा, सुवाष बराल , विनोद ढकाल र यदव पोखरेल छन्।

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना पनि यहि कम्पनीले नै निर्माण गरिरहेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img