Tuesday, February 10, 2026
spot_img

सरकारले तगारो हटाईदियोस्, २८ हजार मेगावाट आयोजना निजी क्षेत्रले बनाउँछ: अध्यक्ष कार्की

spot_img
spot_img

स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाको विकासमा देखिएका तगाराहरु हटेमा निजी क्षेत्रले नै २८ हजार मेगावाटका आयोजना बनाउने बताएका छन् । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष कार्कीले सेती नदी आयोजना कै मोडलमा जनताबाट रकम उठाएर धेरै जलविद्युत आयोजना निर्माण गर्न सकिने बताए । तर त्यसको लागि अहिले देखिएका सबै तगाराहरु हट्नु पर्ने उनको भनाई थियो। ति तगाराहरु हटाउन आफुहरुले राजनीतिक पहल गरिरहेको, राजनीतिक नेतृत्वबाट प्रतिवद्दता पनि भएर तर तगाराहरु नहटेको उनले बताए। उनले सरकारले ऐन र कानुन बनाएर बाँकि विषय निजी क्षेत्रलाई छोडीदिएमा आफुहरुले सरकारले तोकेको लक्ष्य अनुसार नै आयोजना निर्माण गर्ने दाबी गरे।

उनले २३ महिनादेखि जलविद्युतको आईपीओ रोकिएको अशन्तुष्टी व्यक्त गरे। आईपीओ रोकिएको विषयमा प्रधानमन्त्रीदेखि सबै पार्टीका नेतृत्वहरुलाई ध्यानाकर्षण गराउंदा पनि आईपीओ नखुलेको गुनासो गरे।

त्यस्तै उनले संसदको लेखा समितिले जनताका दुख पनि हेर्नु पर्ने, व्यवसायीलाई पनि हेर्नु पर्ने र लगानीकर्ताको हित संरक्षण गर्नु पर्ने बताए। लेखा समितिको निर्देशनलाई सच्याउन पनि उनले आग्रह गरे।  उनले अब बन्ने आयोजनाका कम्पनीमा आधारभूत शेयरधनी नै नहुन सक्ने भन्दै उनले संसदीय समितिहरुलाई साना साना आयोजनालाई कस्ने खालका निर्देशन नदिन पनि आग्रह गरे।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धन गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले गत कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियो। सो को औपचारिक उद्घाटन भने आज गरिएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img