Sunday, May 25, 2025
spot_img

ग्रीनले भन्यो ‘धितोपत्र बोर्डको पछिल्ला काम कारबाही पारदर्शी र उत्तरदायी देखिँदैनन्’

spot_img
spot_img

“हरित ऊर्जा उद्यमी नेपाल (GrEEN)” ले ऊर्जा तथा जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर (आइपिओ) र हकप्रद सेयर निष्काशनको लागि कमिशन माग गरिएको विषयबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। ग्रीनले नेपाल धितोपत्र बोर्डको पछिल्लो काम कारबाही पारदर्शी र नतिजामुखी नदेखिएको तथा बिचौलियाको हवाला दिँदै कमिसन मागिएको विषयबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

ग्रीनले नियामकीय निकाय र प्रवद्र्धकबीचको द्वन्द्व दुर्भाग्यपूर्ण भएको भन्दै धितोपत्र बोर्डलाई बिचौलियालाई प्रसय नदिई सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न आग्रह गरेको छ। साथै, बोर्डलाई विद्यमान ऐन नियमभित्र रही नतिजामुखी काम गर्न र पुँजी बजारको उत्थानमा ध्यान दिन अनुरोध गरेको छ।

ग्रीनले बिचौलियाको गतिविधि निरुत्साहित गर्नुपर्ने र द्वन्द्व समाधानका लागि नियमित कार्य अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। ग्रीनले ऊर्जा तथा जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर (आइपिओ) र हकप्रद सेयर निष्काशन झन्डै दुई वर्षदेखि रोकिएको विषयमा चिन्ता व्यक्त गरेको छ। यो अवस्थाले आयोजना प्रवद्र्धक, सर्वसाधारण लगानीकर्ता र यस क्षेत्रका सरोकारवालालाई प्रभावित पारेको ग्रीनले जनाएको छ।

यस्तो छ ग्रीनको विज्ञप्ति : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img