Sunday, July 12, 2026
spot_img

विकास हाइड्रोपावरले भन्यो, ‘हामीले अनुचित लेनदेन गरेर आईपीओ अनुमति पाएका होइनौँ’

spot_img

हालै आईपीओ निष्काशनको अनुमति पाएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडले नियम अनुसार नै आईपीओ निष्काशनको अनुमति पाएको जनाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष शन्तोषनारायण श्रेष्ठले आईपीओ निष्काशनको अनुमति दिनका लागि कमिसन माग गरेको र हाल आईपीओ निष्काशनको अनुमति पाएका कम्पनीले पनि कमिसन बुझाएर मात्रै अनुमति पाएको भन्ने खालका समाचार आएपछि कम्पनीले यस्तो प्रतिक्रिया दिएको हो ।

कम्पनीले सार्वजनिक सूचना नै प्रकाशित गरेर कुनै पनि व्यक्तिसँग अनुचित लेनदेन गरेर आईपीओ निष्कासनको अनुमति पाएको नभई नियमानुसार नै अनुमति पाएको जनाएको छ ।

‘हाल विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा हालै नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशनको लागि अनुमति प्राप्त कम्पनीहरुले कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचारप्रति यस कम्पनीको ध्यानाकर्षण भएको छ’ विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भनेको छ, ‘यस प्रक्रियामा हामीले कुनैपनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरी नियमानुसार स्वीकृति प्राप्त गरेको ब्यहोरा जानकारी गराउँदछौँ ।’

विकास हाइड्रोपावर कम्पनीले २०८२ बैशाख १७ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो । कम्पनीले गोरखाको दार्चे गाउँपालिकामा ४.५५ मेगावाट क्षमताको अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना बनाइरहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img