Saturday, November 15, 2025
spot_img

विकास हाइड्रोपावरले भन्यो, ‘हामीले अनुचित लेनदेन गरेर आईपीओ अनुमति पाएका होइनौँ’

spot_img

हालै आईपीओ निष्काशनको अनुमति पाएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडले नियम अनुसार नै आईपीओ निष्काशनको अनुमति पाएको जनाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष शन्तोषनारायण श्रेष्ठले आईपीओ निष्काशनको अनुमति दिनका लागि कमिसन माग गरेको र हाल आईपीओ निष्काशनको अनुमति पाएका कम्पनीले पनि कमिसन बुझाएर मात्रै अनुमति पाएको भन्ने खालका समाचार आएपछि कम्पनीले यस्तो प्रतिक्रिया दिएको हो ।

कम्पनीले सार्वजनिक सूचना नै प्रकाशित गरेर कुनै पनि व्यक्तिसँग अनुचित लेनदेन गरेर आईपीओ निष्कासनको अनुमति पाएको नभई नियमानुसार नै अनुमति पाएको जनाएको छ ।

‘हाल विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा हालै नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशनको लागि अनुमति प्राप्त कम्पनीहरुले कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचारप्रति यस कम्पनीको ध्यानाकर्षण भएको छ’ विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भनेको छ, ‘यस प्रक्रियामा हामीले कुनैपनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरी नियमानुसार स्वीकृति प्राप्त गरेको ब्यहोरा जानकारी गराउँदछौँ ।’

विकास हाइड्रोपावर कम्पनीले २०८२ बैशाख १७ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो । कम्पनीले गोरखाको दार्चे गाउँपालिकामा ४.५५ मेगावाट क्षमताको अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना बनाइरहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img