Wednesday, June 18, 2025
spot_img

भारतीय कम्पनी प्रोजिल र गोल्यान पावरबीच सहकार्य, ५०० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

spot_img
spot_img

भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने भएको छ । बुधवार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलन गर्दै औपचारिक रूपमा शुरु गरिएको हो ।

नेपालमा प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावरले संयुक्त रुपमा प्रोजिल ग्रिन इनर्जी नेपालले कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाट भन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।

देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालले जनाएको छ । प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान गु्रपका अध्यक्ष अक्षय गोल्यानले बताए। उनले नेपाल विद्युत प्राधिकरणले ९६० मेगावटको सोलार उत्पादमा पीपीए गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रिन इनर्जी प्राविधक पान्टनरका रुपमा काम गर्ने बताए । उनले प्रोजिल ग्रिन इनर्जीले उद्योगहरुमा सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी दिने लक्ष्य राखेको बताए । उनले गोल्यान पावरसँग मिलेर ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्यअनुसार २ सय मेगावाट बनाउने सम्झौता भइसकेको बताए । उनले रिलायन्स स्पिनिङ मिल्सको खपतको लागि पनि उद्योगको छतमा ९ मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि तयारी भइसकेको जानकारी दिए ।

प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले प्रोजिल ग्रिन इनर्जीसँगको साझेदारीले नेपालमा नविकरणीय ऊर्जा र दिगोपन प्रतिको प्रतिवद्धतालाई प्रतिविम्वित गर्ने बताए । उनले प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य गरी नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने उदेश्यले सहकार्य शुरु गरिएको बताए । उनले विश्वस्तरीय ऊर्जा सम्बन्धी सोलुसनहरू उपलब्ध गराएको बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाउँदा वर्षमा १ एक हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने बताए । उनले विद्युत उत्पादनमा वृद्धि गर्नसके मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्युन मात्रै किन्नुपर्ने अवस्था आउने बताए । उनले अहिले ८ सय मेगावाटको टेण्डर भएपनि जानकारीमा नभएको बताए । उनले सोलार ऊर्जालाई अगाडि बढाउने विषयमा अझै प्रष्ट नीति नभएको बताए । उनले सरकारले ल्याउन लागेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएको गुनासो गरे । उनले विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भएपनि अहिले ३५ वर्षको कुरा आउनु उचित नभएको उल्लेख गरे।

प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तिब्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पु¥याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउण्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्टहरू दुवै विकास गर्ने लक्ष्य राखेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img