Friday, May 23, 2025
spot_img

स्वस्तिक कलेजमा बीसीए र सीएसआईटीमा भर्ना खुल्यो, २ जनालाई इसेवाबाट पूर्ण छात्रवृत्ति

spot_img

भक्तपुरको मध्यपुर थिमीमा रहेको स्वस्तिक कलेजमा दुई जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने भएका छन् । इसेवाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वस्तिक कलेजमा बीसीए र बीएससी सीएसआईटी पढ्न भर्ना हुने मध्ये २ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

कलेजका अनुसार बीसीएमा एक जना र बीएससी सीएसआईटीमा एक जनाले पूर्ण छात्रवृत्ति पाउने छन् । आवेदकको  मक टेस्ट,  अन्तर्वार्ता र यस अघिको शैक्षिक प्रगतिपछि पूर्ण छात्रवृत्ति पाउने विद्यार्थी छनौट हुने कलेजले जनाएको छ।

इसेवाको माउ कम्पनी एफवान सफ्टले सन् २०१९ देखि स्वस्तिक कलेजसँग साझेदारी गर्दै आएको छ । जस अनुसार एफवान सफ्टले कलेजमा सबै सेमेष्टरमा प्रोफेसनल आइटी ट्रेनिङ दिइरहेको छ भने हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट ग्रुपमा रोजगारीको अवसर प्रदान गर्ने गरेको छ ।  आइटीसँग सम्बन्धित पढाइ हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्ने गरेका छन्।

स्वस्तिक कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त रहेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img