सेन्ट जर्ज स्कुलमा होली कार्यक्रम सम्पन्न भएको छ । स्कुलले होलीको अवसरमा स्कुलका विद्यार्थीहरुबीच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा विद्यालयका प्र.अ. मेघराज बजगाईंले सबै स्कुलका विद्यार्थीहरुलाई टिका लगाई होलीको बारे बताउँदै शुभकामना दिएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि सचेतनाबारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
स्कुलका निर्देशक मनोज दाहलले यसरी भाईबहिनीहरुबीच होली मिलन कार्यक्रम मनाएकोमा विद्यालय परिवारलाई धन्यवाद दिँदै नेपाली परम्परा एवम् मौलिकता जोगाइराख्न यस्ता कार्यक्रमहरु फलदायी बन्ने विश्वास व्यक्त गरे ।
स्कुलकी कोअडिनेटरले आफूहरुको स्कुलको प्राथमिकता नै मुलुकका संस्कृति, संस्कार, रितिरिवाज एवं परम्परा बचाउनेतर्फ रहेको बताउँदै आगामी दिनमा पनि यस्ता हरेक चाडवाड मनाउँदै विद्यार्थीहरुलाई जानकारी गराउने बताइन् ।
होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाउने गरिन्छ ।