Thursday, March 20, 2025
spot_img
spot_img

संस्थागत विद्यालय संघ नेपालको अध्यक्षमा साधना खतिवडा चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

संस्थागत विद्यालय संघ नेपाल (इसान)को अध्यक्षमा साधना खतिवडा चयन भएकी छिन् । संघको छैठौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत रुपमा खतिवडाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कुमार अधिकारी, प्रथम उपाध्यक्षमा गणेशप्रसाद खतिवडा र द्वितीय उपाध्यक्षमा सुवर्णप्रकाश पुलामी मगर पनि सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै, महासचिवमा प्रकाश नगरकोटी सर्वसम्मत चयन हुँदा उपमहासचिवमा कमल क्षेत्री चौहान, सचिवमा थानेश्वर भुषाल, सह–सचिवमा महेश के.सी., कोषाध्यक्षमा गुरुप्रसाद लुईंटेल र सह–कोषाध्यक्षमा जयराम सापकोटा निर्विरोध रुपमा चयन भएका छन् ।

संघको सदस्यहरुमा सविना दाहाल, शान्ता फुयाँल सापकोटा, राजन पौडेल, मरिचमान लिम्बु, भोलानाथ शर्मा र दीपा गौतम चुनिएका छन् । यस्तै, धर्मेन्द्र सिंह चौधरी, सन्तोष राजभण्डारी, कृष्ण भण्डारी, देबेन्द्र श्रेष्ठ र किशोर टमटा पनि सदस्यमा निर्विरोध चुनिएका छन् ।

संघको विधान अनुसार २३ सदस्यीय कार्यसमिति हुने प्रावधान भएपनि अधिवेशनमा पदाधिकारीसहित २१ सदस्यीय समिति घोषणा भएको छ । बाँकी २ सदस्य भने नव निर्वाचित कार्यसमितिले मानोनित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img