Tuesday, July 15, 2025

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

spot_img
spot_img

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले साउन २१ बाट २५ गतेसम्म आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले मोबिलिटी एक्स्पो र नाडा अटो शो दूबैतिर सहभागीता जनाउने छ । त्यस क्रममा कम्पनीले २ नयाँ मोडल देखाउने भएको हो ।

कम्पनीले उक्त शोमा एलईभी–०५ र एलईभी–०एक्स सार्वजनिक गर्न लागेको कम्पनीका जीएम नविल फुयाँलले जानकारी दिए ।

प्रिमियम ह्याचब्याक मोडल एलईभी–०५ को लम्बाइ ४ हजार २०० एमएम, चौडाई १ हजार ७७० एमएम र उचाइ १ हजार ६१० एमएम छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको बताइएको छ ।

५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा नेपाल आउन लागेको यस कारमा ५६ किलोवाट अवारको एलएफपी ब्याट्री रहने जनाइएको छ । एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सँगै आउन लागेको अर्को मोडल एलईभी–०एक्समा भने हाल कम्पनीले बेचिरहेको एलईभी–०१ को तुलनामा केही विशेषता थपिने छन् । यसमा ७७ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img