Tuesday, February 10, 2026
spot_img

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

spot_img
spot_img

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले साउन २१ बाट २५ गतेसम्म आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले मोबिलिटी एक्स्पो र नाडा अटो शो दूबैतिर सहभागीता जनाउने छ । त्यस क्रममा कम्पनीले २ नयाँ मोडल देखाउने भएको हो ।

कम्पनीले उक्त शोमा एलईभी–०५ र एलईभी–०एक्स सार्वजनिक गर्न लागेको कम्पनीका जीएम नविल फुयाँलले जानकारी दिए ।

प्रिमियम ह्याचब्याक मोडल एलईभी–०५ को लम्बाइ ४ हजार २०० एमएम, चौडाई १ हजार ७७० एमएम र उचाइ १ हजार ६१० एमएम छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको बताइएको छ ।

५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा नेपाल आउन लागेको यस कारमा ५६ किलोवाट अवारको एलएफपी ब्याट्री रहने जनाइएको छ । एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सँगै आउन लागेको अर्को मोडल एलईभी–०एक्समा भने हाल कम्पनीले बेचिरहेको एलईभी–०१ को तुलनामा केही विशेषता थपिने छन् । यसमा ७७ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img