Sunday, December 14, 2025
spot_img

नेपालमा प्रोटोन e. MAS7 सार्वजनिक, १० मिनेट चार्ज गर्दा १३५ किमीलाई ढुक्क

spot_img

नवप्रवर्तनकारी अटोमोटिभ समाधानहरूमा एक विश्वव्यापी अग्रणी प्रोटोनले अत्यधिक प्रतीक्षित विद्युतीय सवारी साधन, प्रोटोन e. MAS7 लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्दछ, जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ ।

प्रोटोन e. MAS7 दुई भेरियन्ट प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ, जसको मूल्य NPR ५६,९९,००० (छपन्न लाख उनान्सय हजार ) देखि सुरु हुन्छ । यो सवारी साधन छ वटा आकर्षक रङ्गमा उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्छ । प्रोटोन e.MAS7 दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियम मा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ, प्लाटिनम सिल्भर, टक्वॉइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज र लिथियम ह्वाइट ।

उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भनेः “हामी नेपालमा प्रोटोन e. MAS7 सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ । ”

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध छ । नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने जनाएको छ ।

के के छन् गाडीका विशेषता ?

प्रोटोनको पहिलो विद्युतीय सवारी साधन – EV

ग्लोबल मोड्युलर आर्किटेक्चर – GMA प्लेटफर्ममा निर्माण ।

१२-इन- १ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम ।

नवीनतम सेल-दु-बडी – CTB ब्याट्री संरचना ।

नयाँ पुस्ताको Aegis शर्ट-ब्लेड ब्याट्री ( लिथियम आयरन फस्फेट) ।

सुरक्षा र प्रदर्शन:
L2-ADAS (लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) ।

३६० डिग्री भ्यू क्यामेरा ।

५-स्टार ASEAN NCAP सुरक्षा रेटिङ्ग ।

१६०kW पावर र ३२०Nm टर्क ।

० देखि १००km/h पुग्न ६.९ सेकेन्ड |

१००km/h बाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी ।

ब्याट्री र चार्जिङ्ग
प्राइम भेरियन्टः ४९.५२kWh व्याट्री, ३४५km WLTP रेन्ज ।

प्रिमियम भेरियन्ट: ६०.२२kWh ब्याट्री, ४१०km WLTP रेन्ज ।

DC फास्ट चार्जिङ सपोर्ट: ३०% बाट ८०% चार्ज २० मिनेटमा ।

१० मिनेटको चार्जिङले १३५फ रेन्ज प्रदान गर्छ ।

इन्टेरियर र आराम
भेन्टिलेटेड कार सिटहरू र प्रशस्त लेगरुम ।

३३ स्टोरेज कम्पार्टमेन्टहरू |

40 WANOS प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम ।

२५६ – रङको एम्बियन्ट लाइटिङ (श्रेणीमा सर्वश्रेष्ठ ) ।

१५. ४ इन्च २.५K रिजोल्युसन टचस्क्रिन डिस्प्ले ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...

एनपीएल फाइनलः टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोज्यो, लुम्बिनीले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्य अघि बढ्यो

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया...

एनपीएलको फाइनल आजः सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज फाइनल...

सबैभन्दा धनी पार्टी एमालेको महाधिवेशनमा कसरी हुँदैछ खर्च व्यवस्थापन ?

विद्यमान राजनीतिक दलमध्ये नेकपा एमाले सबैभन्दा धनी राजनीतिक दलका...
spot_img
spot_img