नवप्रवर्तनकारी अटोमोटिभ समाधानहरूमा एक विश्वव्यापी अग्रणी प्रोटोनले अत्यधिक प्रतीक्षित विद्युतीय सवारी साधन, प्रोटोन e. MAS7 लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्दछ, जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ ।
प्रोटोन e. MAS7 दुई भेरियन्ट प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ, जसको मूल्य NPR ५६,९९,००० (छपन्न लाख उनान्सय हजार ) देखि सुरु हुन्छ । यो सवारी साधन छ वटा आकर्षक रङ्गमा उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्छ । प्रोटोन e.MAS7 दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियम मा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ, प्लाटिनम सिल्भर, टक्वॉइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज र लिथियम ह्वाइट ।
उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भनेः “हामी नेपालमा प्रोटोन e. MAS7 सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ । ”
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध छ । नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने जनाएको छ ।
के के छन् गाडीका विशेषता ?
प्रोटोनको पहिलो विद्युतीय सवारी साधन – EV
ग्लोबल मोड्युलर आर्किटेक्चर – GMA प्लेटफर्ममा निर्माण ।
१२-इन- १ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम ।
नवीनतम सेल-दु-बडी – CTB ब्याट्री संरचना ।
नयाँ पुस्ताको Aegis शर्ट-ब्लेड ब्याट्री ( लिथियम आयरन फस्फेट) ।
सुरक्षा र प्रदर्शन:
L2-ADAS (लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) ।
३६० डिग्री भ्यू क्यामेरा ।
५-स्टार ASEAN NCAP सुरक्षा रेटिङ्ग ।
१६०kW पावर र ३२०Nm टर्क ।
० देखि १००km/h पुग्न ६.९ सेकेन्ड |
१००km/h बाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी ।
ब्याट्री र चार्जिङ्ग
प्राइम भेरियन्टः ४९.५२kWh व्याट्री, ३४५km WLTP रेन्ज ।
प्रिमियम भेरियन्ट: ६०.२२kWh ब्याट्री, ४१०km WLTP रेन्ज ।
DC फास्ट चार्जिङ सपोर्ट: ३०% बाट ८०% चार्ज २० मिनेटमा ।
१० मिनेटको चार्जिङले १३५फ रेन्ज प्रदान गर्छ ।
इन्टेरियर र आराम
भेन्टिलेटेड कार सिटहरू र प्रशस्त लेगरुम ।
३३ स्टोरेज कम्पार्टमेन्टहरू |
40 WANOS प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम ।
२५६ – रङको एम्बियन्ट लाइटिङ (श्रेणीमा सर्वश्रेष्ठ ) ।
१५. ४ इन्च २.५K रिजोल्युसन टचस्क्रिन डिस्प्ले ।