Saturday, January 17, 2026
spot_img

काठमाण्डू लिजेंड्सले ‘ जिरी मेनिया’ आयोजना गर्दै, रोयल इन्फिल्डको साथ

spot_img
spot_img

नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरीमा काठमाण्डू लिजेंड्सले चैत १५ देखि १७ गतेसम्म ‘जिरी मेनिया–२०२५’ नामक मोटरसाइकल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्न लागेको छ । रोयल इन्फिल्ड मोटरसाइकलमार्फत काठमाडौँदेखि दोलखाको जिरीसम्म २ सय बढी पर्यटक पुग्नेछन् ।

नेपालका विभिन्न जिल्लाहरु, मित्र राष्ट्र भारत, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरुबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर २ सय बढी पर्यटकहरु सम्मिलित हुने यस कार्यक्रममा सहभागीहरुलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरुले स्वागत गर्नेछन् ।

कार्यक्रम अवधिमा सहभागीहरुले जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन् भने स्थानीय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरुको मनरंजन लिनेछन् । स्थानीय परिकारहरुको स्वाद लिने, कोशेली स्वरुप स्थानीय उत्पादनहरु खरिद कार्यक्रम अवधिमा जिरीमा रहेका होटेलहरुमा बाँडेर रही आपसी भाइचारा साटासाट र स्थानीय बासिन्दाहरुसंग सम्बाद र मित्रता पनि कायम राख्ने छन् ।

न्युनतम दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरुमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुलाई निस्शुल्क रुपमा प्रवेश दिइने भएकोले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरु पनि संगसंगै मनोरंजन लिने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले जिरी भ्रमण वर्ष ( २०२५ लाइ टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रवर्द्धन हुने, देश बिदेशमा प्रख्यात स्थानीय चीज, बटर लगायतका अन्य कृषीजन्य उपजहरुको प्रचार प्रसार हुने र स्थानीय आर्थिक क्रियाकलापमा पनि सघाउ पुर्याउने विश्वास लिइएको काठमाण्डू लिजेंड्सका अध्यक्ष रमेश अवालेले बताए ।

कार्यक्रमको प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा लि र रोयल एनफिल्ड लगायत भौतिक तथा आर्थिक रुपमा सहयोग प्रदान गर्नेप्रति पनि आयोजनकको धन्यवाद व्यक्त गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img