काठमाण्डू लिजेंड्सले ‘ जिरी मेनिया’ आयोजना गर्दै, रोयल इन्फिल्डको साथ

spot_img

नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरीमा काठमाण्डू लिजेंड्सले चैत १५ देखि १७ गतेसम्म ‘जिरी मेनिया–२०२५’ नामक मोटरसाइकल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्न लागेको छ । रोयल इन्फिल्ड मोटरसाइकलमार्फत काठमाडौँदेखि दोलखाको जिरीसम्म २ सय बढी पर्यटक पुग्नेछन् ।

नेपालका विभिन्न जिल्लाहरु, मित्र राष्ट्र भारत, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरुबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर २ सय बढी पर्यटकहरु सम्मिलित हुने यस कार्यक्रममा सहभागीहरुलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरुले स्वागत गर्नेछन् ।

कार्यक्रम अवधिमा सहभागीहरुले जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन् भने स्थानीय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरुको मनरंजन लिनेछन् । स्थानीय परिकारहरुको स्वाद लिने, कोशेली स्वरुप स्थानीय उत्पादनहरु खरिद कार्यक्रम अवधिमा जिरीमा रहेका होटेलहरुमा बाँडेर रही आपसी भाइचारा साटासाट र स्थानीय बासिन्दाहरुसंग सम्बाद र मित्रता पनि कायम राख्ने छन् ।

न्युनतम दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरुमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुलाई निस्शुल्क रुपमा प्रवेश दिइने भएकोले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरु पनि संगसंगै मनोरंजन लिने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले जिरी भ्रमण वर्ष ( २०२५ लाइ टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रवर्द्धन हुने, देश बिदेशमा प्रख्यात स्थानीय चीज, बटर लगायतका अन्य कृषीजन्य उपजहरुको प्रचार प्रसार हुने र स्थानीय आर्थिक क्रियाकलापमा पनि सघाउ पुर्याउने विश्वास लिइएको काठमाण्डू लिजेंड्सका अध्यक्ष रमेश अवालेले बताए ।

कार्यक्रमको प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा लि र रोयल एनफिल्ड लगायत भौतिक तथा आर्थिक रुपमा सहयोग प्रदान गर्नेप्रति पनि आयोजनकको धन्यवाद व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...