Thursday, March 20, 2025
spot_img
spot_img

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २ गते बुटवल रुपन्देहीमा नाडा, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिएका छन् ।

कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसँगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंङ्गहरुले ऋण दिने भनेपनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोजगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भएपनि सो अनुरुप सरकारको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरेका छन् ।

यस्तै, बजार अनुगमनको नाममा अझै जरीवाना तिनुपर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफ्नो व्यवसायमा टिकीरहन कठीन हुँदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरुमा समस्या रहेको उनीहरुको गुनासो थियो । यस्तै, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुल्ला वोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्या समाधानमा नाडाले पहल गर्नुपर्ने उनीहरुको माग छ ।

नाडाका अध्यक्ष करण चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको बताउँदै सरकारले हालै अध्यादेशमार्फत ऐन संशोधन गर्दा धेरै हदसम्म अटोमोबाइल्स व्यवसायीहरुका माग सम्बोधन भएको जानकारी गराए । उनले सन्दर्भ मूल्यसूचि समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको पनि बताए ।

अध्यक्ष चौधरीले बङ्गलादेश, भुटान, भारत र नेपालविच हुन लागेको विविआइएन सहमति सम्बन्धी बैठकमा आफू स्वयम् सहभागी भएको र त्यस सहमतिले नेपालको अटोमोवाइल क्षेत्रमा पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाकोतर्फबाट धारणा राखिएको पनि जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा हेटौडा अटोमोवाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति रहेको थियो । त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालकातर्फबाट बरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे पन सहभागी थिए ।

यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img