Monday, January 19, 2026
spot_img

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २ गते बुटवल रुपन्देहीमा नाडा, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिएका छन् ।

कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसँगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंङ्गहरुले ऋण दिने भनेपनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोजगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भएपनि सो अनुरुप सरकारको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरेका छन् ।

यस्तै, बजार अनुगमनको नाममा अझै जरीवाना तिनुपर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफ्नो व्यवसायमा टिकीरहन कठीन हुँदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरुमा समस्या रहेको उनीहरुको गुनासो थियो । यस्तै, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुल्ला वोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्या समाधानमा नाडाले पहल गर्नुपर्ने उनीहरुको माग छ ।

नाडाका अध्यक्ष करण चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको बताउँदै सरकारले हालै अध्यादेशमार्फत ऐन संशोधन गर्दा धेरै हदसम्म अटोमोबाइल्स व्यवसायीहरुका माग सम्बोधन भएको जानकारी गराए । उनले सन्दर्भ मूल्यसूचि समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको पनि बताए ।

अध्यक्ष चौधरीले बङ्गलादेश, भुटान, भारत र नेपालविच हुन लागेको विविआइएन सहमति सम्बन्धी बैठकमा आफू स्वयम् सहभागी भएको र त्यस सहमतिले नेपालको अटोमोवाइल क्षेत्रमा पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाकोतर्फबाट धारणा राखिएको पनि जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा हेटौडा अटोमोवाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति रहेको थियो । त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालकातर्फबाट बरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे पन सहभागी थिए ।

यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img