Sunday, February 8, 2026
spot_img

नेटाले पायो १ खर्ब लगानी: कर्मचारीले रोकिएको तलब पाए, विदेशी बजारमा ‘सेल्स डबल’ गर्ने लक्ष्य

spot_img
spot_img

आर्थिक समस्यामा परेको चिनियाँ कार निर्माता नेटा (Neta) ले हालै ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो १ खर्ब नेपाली रुपैयाँ भन्दा बढी हो। सरकारी स्वामित्वको कम्पनीले नेटामा लगानी गरेको बताईएको छ।

कार न्युज चाइनाका अनुसार थप लगानी पाएपछि कम्पनीले यस अघि रोकिएको कर्मचारीको तलव तिरेको छ र पुन: गाडी उत्पादन सुरु गरेको छ। अब कम्पनी फेरि सहज रुपमा चलिरहेको र अब कम्पनीले सन् २०२५ मा विदेशी बजारमा ध्यान केन्द्रित गर्दै आफ्नो बिक्री दोब्बर गर्ने योजना बनाएको समाचारमा उल्लेख छ।

डोन्यूज  रिपोर्टका अनुसार, नेटाले लगभग ६ अर्ब युआन लगानी प्राप्त गरेको हो। कम्पनीका एक कर्मचारीले  आफ्नो पुरानो तलबहरू हालै पाएका बताएका छन्।

सन् २०२४  नेटा समस्यामा परेको समाचारहरु बाहिर आएका थिए। अक्टोबरमा, नेटाले कर्मचारीहरूको तलब कटौती गरेको र सेप्टेम्बरको तलब भुक्तानी गर्न नसकेको खबर आएको थियो। नोभेम्बरमा कम्पनीले आफ्नो एउटा फ्याक्ट्रीबाट उत्पादन नै बन्द गरेको समाचार बाहिरिएका थिए ।  डिसेम्बर २०२४ मा नेटाका संस्थापक र अध्यक्ष फाङ युनझाउ  सीईओका रूपमा आए। त्यस अघि झाङ योंग सीइओ थिए। फाङ युनझाउ आएपछि उनको नेतृत्वमा अब कम्पनी सहज अवस्थामा पुगेको बताईएको छ ।

कार चाइना न्युका अनुसार नेटाको घरेलु बिक्रीको मात्रा २०२४ को अन्त्यतिर घटेको देखिन्छ। कम्पनीले डिसेम्बर २०२४ मा मात्र २३७ युनिट बिक्री गर्यो, जुन वार्षिक तुलनामा ८८.३% कमी हो। चाइना ईभी डेटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बर २०२४ सम्म ६१,५९२ युनिट बिक्री गर्यो, जुन वार्षिक तुलनामा ४०.२% कमी हो।

नेटाका संस्थापक र अध्यक्ष फाङ युनझाउले कम्पनी सन् २०२५ मा ग्रस् प्रफिट मार्जिन सकारात्मक हुने र कम्पनी २०२६ मा नाफामा आउने बताएका छन्।

जनवरी १७ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो। सन् २०२५ मा नेटाले बिक्री दोब्बर गर्ने लक्ष्य सहित विदेशी बजारमा ध्यान केन्द्रित गर्नेछ । गत वर्ष, नेटाले विदेशी देशहरूमा ३० हजार युनिट बिक्री गरेको थियो। अब कम्पनीले विदेशी बजारमा ६० हजार गाडी बिक्री गर्ने लक्ष्य लिएको छ।

नेटाले आगामी दुईदेखि तीन वर्षभित्र बिक्रीको आधा हिस्सा घरेलु बजारमा र अर्को आधा विश्व बजारमा पुर्‍याउने योजना सार्वजनिक गरेको थियो। घरेलु बजारमा तीव्र मूल्य प्रतिस्पर्धाबाट बच्न नेटाले विदेशलाई नयाँ अवसरका रूपमा हेरेको छ। नेटासँग पहिले नै दक्षिणपूर्वी एशिया, मध्य र दक्षिण अमेरिका लगायत ४० भन्दा बढी देशहरूमा १८० भन्दा धेरै बिक्री च्यानलहरू छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...
spot_img