Friday, November 14, 2025
spot_img

बजेट भाषण ३ बजेपछि

spot_img

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मंगलबार अपरान्ह एक बजे हुने भनिएको बजेट भाषण तीन बजेका लागि सारिएको छ ।

सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि दिउँसो तीन बजेका लागि सारिएको हो । संसदमा प्रस्तुत गर्न लागिएको बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको हो ।

त्यसपछि अपरान्ह १ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गर्नेछ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् ।

बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले आगामी आवका लागि करिब १९ खर्ब रुपैयाँको बजेट ल्याउँदैछ। यो बजेट मुलुकको ७३ औं वार्षिक बजेट पनि हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img