Sunday, May 25, 2025
spot_img

बजेटका लागि चेम्बरका निवर्तमान अध्यक्षले दिए यस्ता सुझाव

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवम् निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि विभिन्न सुझाव प्रस्तुत गरेका छन् । पूर्वाधार विकास, कृषि, औद्योगिक विकास तथा साना–मझौला उद्यम, शिक्षा तथा सीप विकास लगायतका विभिन्न शीर्षकसहित उनले बजेटका लागि सुझाव प्रस्तुत गरेका हुन् ।

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा केन्द्रित रहेका बेला अध्यक्ष मल्लले पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन, सौर्य, बायोग्यास जस्ता नवीकरणीय ऊर्जाको प्रवर्द्धन जस्ता विषय समेटेर सुझाव तयार पारेका हुन् ।

चुस्त सुझाव पेश गरेका उनले श्रम बजारको मागअनुसार प्राविधिक तथा व्यवसायिक तालिम विस्तार गर्ने, माध्यमिक तथा उच्च शिक्षामा डिजिटल शिक्षा प्रवर्द्धन गर्ने र विश्वविद्यालयहरूसँगकाृ सहकार्यमा नवप्रवर्तन केन्द्र र अनुसन्धान केन्द्रहरू स्थापना गर्ने विषय पनि उल्लेख गरेका छन् ।

यस्ता छन् मल्लले प्रस्तुत गरेका सुझावहरुः

१) पूर्वाधार विकास
क) राष्ट्रिय राजमार्ग, ग्रामिण सडक तथा पुलहरूको विस्तार र मर्मत कार्यलाई निरन्तरता दिने ।
ख) चालू जलविद्युत परियोजनाहरूको समयमै सम्पन्नता र विद्युत प्रसारण सञ्जालको विस्तारलाई प्राथमिकता दिने ।
ग) नगरपालिकाहरूमा खानेपानी, सरसफाइ तथा सार्वजनिक यातायात सुधारमा लगानी गर्ने ।

२) कृषि तथा ग्रामिण विकास
क) आधुनिक कृषि उपकरण, सिचाइ प्रणाली र सुधारिएको बिउबीजनमा अनुदान प्रदान गर्ने ।
ख) कृषि सहकारी संस्थाहरूलाई सुदृढ गर्दै कृषि आधारित उद्योगको प्रवर्द्धन गर्ने ।
ग) ग्रामिण पूर्वाधार निर्माण र मूल्यवर्धित कृषि उत्पादनमा आधारित रोजगार कार्यक्रम सञ्चालन गर्ने ।

३) औद्योगिक विकास तथा साना–मझौला उद्यम (MSME) समर्थन
क) साना तथा मझौला उद्यमहरूका लागि सहज ऋण पहुँचको व्यवस्था गर्ने ।
ख) विशेष आर्थिक क्षेत्र (SEZ) र औद्योगिक कोरिडोरहरूको विकास र सञ्चालन गर्ने ।
ग) घरेलु उत्पादक र स्टार्टअपहरूलाई कर प्रोत्साहन, तालिम तथा बजार पहुँच उपलब्ध गराउने ।

४) शिक्षा तथा सीप विकास
क) श्रम बजारको मागअनुसार प्राविधिक तथा व्यवसायिक तालिम विस्तार गर्ने ।
ख) माध्यमिक तथा उच्च शिक्षामा डिजिटल शिक्षा र STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) प्रवर्द्धन गर्ने ।
ग) विश्वविद्यालयहरूसँग सहकार्यमा नवप्रवर्तन केन्द्र र अनुसन्धान केन्द्रहरू स्थापना गर्ने ।

५) स्वास्थ्य तथा सामाजिक सुरक्षा
क) ग्रामिण तथा सेवा नपुगेका क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्तरोन्नति गर्ने ।

६) पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन
क) प्रमुख पर्यटन क्षेत्रहरूमा पूर्वाधार सुधार गर्दै नयाँ स्थानीय पर्यटकीय मार्गहरू विकास गर्ने ।
ख) इको–टुरिजम, होमस्टे व्यवसाय तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने ।

७) वातावरण तथा जलवायु सहनशीलता
क) समुदाय आधारित जलाधार तथा वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने ।
ख) सौर्य, बायोग्यास जस्ता नवीकरणीय ऊर्जाको प्रवर्द्धनका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
ग) विपद् पूर्वतयारी तथा जलवायु सहनशील पूर्वाधार योजना सुधार गर्ने ।

८) डिजिटल तथा वित्तीय समावेशीकरण
क) पारदर्शिता र कार्यक्षमता वृद्धिका लागि सार्वजनिक सेवाहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने ।
ख) विशेष गरी ग्रामिण क्षेत्रमा मोबाइल बैंकिङ र फिनटेकको पहुँच विस्तार गर्ने ।
ग) डिजिटल उद्यमशीलता र स्टार्टअपहरूलाई अनुकूल नीति मार्फत प्रोत्साहन दिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img