उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्ने भएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्थवार्षिक मूल्याङ्कन प्रतिवेदन संसदमा पेश गर्ने भएका हुन् ।
आज बस्ने संसदको बैठकको कार्यसूचीमा अर्थमन्त्रीले बजेटको अर्ध वार्षिक समीक्षा पेश कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद बैठक आज दिउँसो १ बजे बस्दैछ ।
सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो । पूर्व अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ मा सो बजेट प्रस्तुत गरेका थिए ।