धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा शिवराम जोशीको पुनर्वहाली भएको छ। कम्पनीले कार्तिक २० गतेदेखि लागु हुने गरि उनलाई डिसीईओ पदमा पुनर्वहाली गरेको जनाएको छ।
कम्पनीले कार्तिक २० गते नै यस बारेको जानकारी राष्ट्र बैंकलाई दिएको छ । कम्पनीले राष्ट्र बैंकलाई पठाएको पत्रमा भनिएको छ ‘उपरोक्त विषयका सन्दर्भमा यस धौलागिरी लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी पदमा तनहुँ जिल्ला भानु न.पा. वडा नं. १०, हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. १५ स्थायी ठेगाना भएको श्री शिवराम जोशी ज्यूलाई मिति २०८१।०७।२० देखि लागु हुने गरी सेवा पुनर्वहाली गरिएको व्यहोरा तहाँको जानकारीको लागि अनुरोध छ ।’