समता घरेलु लघुवित्तले निष्काशन गरेको एफपीओमा आवेदन दिने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक १२ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ।
कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६९.४८:३०.५२ कायम गर्नको लागि एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २९ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।