Thursday, November 14, 2024
spot_img

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि, ९ दिन आवेदन खुला

समता घरेलु लघुवित्तले आज कार्तिक १२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको छ।

यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ। यस बिचमा तिहारको सार्वजनिक विदा परेकोले कम्पनीको सार्वजनिक निष्काशन ९ दिन खुला रहने छ ।  सार्वजनिक विदाका दिनमा पनि मेरोशेयर मार्फत आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ।

कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६९.४८:३०.५२ कायम गर्नको लागि एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

नेपाल  धितोपत्र बोर्डले कम्पनीलाई असोज २९ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रामेछापमा साढे २२ करोडको जुनार फल्ने अनुमान

यतिबेला रामेछापका जुनार बगैँचाहरु पहेँलपूर हुँदै छन् । जुनारको...

मर्ज भए दुईवटा ब्रोकर संघ, यस्तो छ ४ बुँदे सम्झौता

नेपालका दुई वटा ब्रोकर संघ एक आपसमा मर्ज भएका...

१/२ वटा उद्योग डुबेर केही पनि हुँदैनः कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठे...

केपी ओलीलाई कुलमानको चुनौती, ‘सरकारले बिजुलीको बिल ठिक छ कि छैन भन्ने होइन’

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी...

राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न खोज्दा बैंकहरु १८ अर्ब मात्रै दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

शेयरबजारमा १४ अङ्कको गिरावट, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ। आज...
spot_img
spot_img