Monday, December 8, 2025
spot_img

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि, ९ दिन आवेदन खुला

spot_img

समता घरेलु लघुवित्तले आज कार्तिक १२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको छ।

यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ। यस बिचमा तिहारको सार्वजनिक विदा परेकोले कम्पनीको सार्वजनिक निष्काशन ९ दिन खुला रहने छ ।  सार्वजनिक विदाका दिनमा पनि मेरोशेयर मार्फत आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ।

कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६९.४८:३०.५२ कायम गर्नको लागि एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

नेपाल  धितोपत्र बोर्डले कम्पनीलाई असोज २९ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचारः यी हुन् अख्तियारले डामेका ५५ प्रतिवादी (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार...

वर्षायाम अगाडि नै काठमाडौँभित्र विद्युतीय तार भूमिगत गरिसक्न मन्त्री घिसिङको निर्देशन

ऊर्जामन्त्री कुलमान घिसिङले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै काठमाडौँ...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान...

सिटिजन लाइफको सीईओमा पौडेलकै निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः ५ पूर्वमन्त्री र १० तत्कालीन सचिवविरुद्द मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ...
spot_img
spot_img