Saturday, September 14, 2024

मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको अनुसार उनको कार्यकाल आज भदौ ५ गतेदेखि लागु हुने छ।  नवनियुक्त सीईओ शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेका छन् ।

शर्माको बैंक तथा वित्तीय संस्थामा झन्डै २० वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्मासँग मिर्मिरे लघुवित्त, सनराईज बैंक, एनआईसी एसिया बैंकमा विभिन्न विभागमा काम गरेको अनुभव छ । उनी एनआईसी एसिया लघुवित्तमा स्थापनाकालदेखि सीईओ थिए भने आरम्भ चौतारी लघुवित्तको पनि सीईओ भैसकेका छन् ।

साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्ज भएर मातृभूमि लघुवित्त बनेको हो ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...