Monday, December 8, 2025
spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओको प्रि अलोटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

spot_img

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलले हिजो आइतबार एफपीओको प्रि अलोटमेन्ट सम्पन्न गरेर शेयर बाँडफाँडको स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ। धितोपत्र बोर्डले बाँडफाँडको स्वीकृति दिएमा बुधबार बिहान शेयर बाँडफाँडको गर्ने क्यापिटलको तयारी छ।

कम्पनीको एफपीओमा माग गरिएको भन्दा ५१० गुणा बढीको आवेदन परेको छ। कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।

कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गरेको हो । एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गरेको हो ।

एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पनि सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने छन् । कम्पनीको साउन १० गते बसेको संचालक समितिको बैठकले एफपीओ प्राप्त गर्ने लगानीकर्तालाई पनि आर्थिक वर्ष २०७९/८० को लाभांश दिने निर्णय गरेको हो ।

यस सँगै कम्पनीले यस अघि घोषणा गरेको लाभांश दर केही घटेको छ । कम्पनीले यस अघि १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेकोमा अब भने एफपीओ शेयरलाई पनि समावेश गरेर लाभांश दिने भएपछि बोनस दर १४.००५१४३ प्रतिशत कायम भएको छ। कम्पनीको एफपीओ बाँडफांड भने हुन बाँकी छ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न साउन ३२ गते शुक्रबार ललितपुरको लुभु स्थित लुभु पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचारः यी हुन् अख्तियारले डामेका ५५ प्रतिवादी (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार...

वर्षायाम अगाडि नै काठमाडौँभित्र विद्युतीय तार भूमिगत गरिसक्न मन्त्री घिसिङको निर्देशन

ऊर्जामन्त्री कुलमान घिसिङले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै काठमाडौँ...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान...

सिटिजन लाइफको सीईओमा पौडेलकै निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः ५ पूर्वमन्त्री र १० तत्कालीन सचिवविरुद्द मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ...
spot_img
spot_img