उन्नति सहकार्य लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द वाग्ले नियुक्त भएका छन् । लघुवित्तको चैत्र ३ गते बसेको संचालक समितिको बैठकले स्थायी ठेगाना मानपान ६, तनहुँ भएका गोविन्द वाग्लेलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार चैत्र ३ गतेको मितिबाट ४० दिन भित्र हाजिर हुने गरी ४ वर्षको लागि वाग्लेलाई सीइओ नियुक्त गरिएको हो ।
वाग्ले १४ वर्षदेखि विजय लघुवित्तमा आवद्द छन् । उनी हाल विजय लघुवित्तको असिस्टेन्ट सीइओ हुन् ।