Thursday, March 20, 2025
spot_img
spot_img

अर्को वर्षपनि दोहोरो अङ्कको लाभांश दिन सक्ने अवस्थामा छौँ: सीइओ उप्रेती

स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेतीले लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक रहेको बताएका छन् । कम्पनीको एफपीओ बाँडफाँड कार्यक्रममा बोल्दै उनले समग्र वित्तीय क्षेत्र समस्यामा रहेको बेला भए पनि कम्पनीको वित्तीय अवस्था औसत नै रहेको बताएका हुन्।

उनले चालु आर्थिक वर्षको मुनाफाबाट पनि दोहोरो अङ्कको लाभांश दिन सकिने बताए। त्यस्तै उनले मर्जरको विषयमा छलफल भईरहेको तर निष्कर्षमा भने नपुगिएको बताए। उनका अनुसार मर्जरमा जानु पर्ने अवस्था रहेको छ र राष्ट्र बैंकले पनि मर्जरमा जानको लागि भनिरहेको छ। यसबारे छलफल चलिरहेको उनले उल्लेख गरेका छन् ।

लघुवित्तको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरिसकेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३१२५ प्रतिशत नगद लाभांश गरि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार यदि लाभांशको लागि बुक क्लोज मिति अगावै एफपीओको शेयर सूचीकृत भएमा एफपीओ पर्नेले पनि कम्पनीको लाभांश पाउने छन् । त्यस्तो अवस्थामा कम्पनीको पुँजी बढ्ने भएकोले लाभांश दर घट्ने छ। एफपीओ पर्नेले पनि लाभांश पाउने अवस्था आएमा लाभांश दर बोनस १३.६० प्रतिशत र नगद लाभांश ०.७१ प्रतिशत गरि कुल लाभांश १४.२१ प्रतिशत कायम हुने छ।

कम्पनीले निष्काशन गरेको एफपीओ आज शुक्रबार बाँडफाँड भएको हो। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो । जस मध्ये १७ लाख ७७ हजार ७ सय ९३ जनाको आवेदन मात्र शेयर पाउन योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये १९ हजार ५ सय ७७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्।

क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img