Friday, January 23, 2026
spot_img

अर्को वर्षपनि दोहोरो अङ्कको लाभांश दिन सक्ने अवस्थामा छौँ: सीइओ उप्रेती

spot_img
spot_img

स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेतीले लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक रहेको बताएका छन् । कम्पनीको एफपीओ बाँडफाँड कार्यक्रममा बोल्दै उनले समग्र वित्तीय क्षेत्र समस्यामा रहेको बेला भए पनि कम्पनीको वित्तीय अवस्था औसत नै रहेको बताएका हुन्।

उनले चालु आर्थिक वर्षको मुनाफाबाट पनि दोहोरो अङ्कको लाभांश दिन सकिने बताए। त्यस्तै उनले मर्जरको विषयमा छलफल भईरहेको तर निष्कर्षमा भने नपुगिएको बताए। उनका अनुसार मर्जरमा जानु पर्ने अवस्था रहेको छ र राष्ट्र बैंकले पनि मर्जरमा जानको लागि भनिरहेको छ। यसबारे छलफल चलिरहेको उनले उल्लेख गरेका छन् ।

लघुवित्तको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरिसकेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३१२५ प्रतिशत नगद लाभांश गरि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार यदि लाभांशको लागि बुक क्लोज मिति अगावै एफपीओको शेयर सूचीकृत भएमा एफपीओ पर्नेले पनि कम्पनीको लाभांश पाउने छन् । त्यस्तो अवस्थामा कम्पनीको पुँजी बढ्ने भएकोले लाभांश दर घट्ने छ। एफपीओ पर्नेले पनि लाभांश पाउने अवस्था आएमा लाभांश दर बोनस १३.६० प्रतिशत र नगद लाभांश ०.७१ प्रतिशत गरि कुल लाभांश १४.२१ प्रतिशत कायम हुने छ।

कम्पनीले निष्काशन गरेको एफपीओ आज शुक्रबार बाँडफाँड भएको हो। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो । जस मध्ये १७ लाख ७७ हजार ७ सय ९३ जनाको आवेदन मात्र शेयर पाउन योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये १९ हजार ५ सय ७७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्।

क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको...

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ...

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...

मन्जुश्री फाईनान्सको २८औँ शाखा थापाथलीमा

मन्जुश्री फाईनान्सले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनबाट सञ्चालनमा...
spot_img
spot_img