मन्जुश्री फाईनान्स लिमिटेडले थापाथलीमा पाँच तल्ले घर किन्ने भएको छ । कम्पनीको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले घर खरिदको निर्णय गरेको हो ।
कम्पनीका अनुसार काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ थापाथलीमा जम्मा क्षेत्रफल ५५२.३९ व.मि. भएको जग्गा र सो जग्गामा निर्माण भएको पाँच तल्ले घर अठ्ठाईस करोडमा खरिद गर्ने निर्णय भएको हो । यस वित्तीय संस्थाको केन्द्रिय कार्यालय संचालन प्रयोजनको लागि संस्थाको स्वीकृत बजेट सिमा भित्र रही घर खरिदको निर्णय भएको कम्पनीले जनाएको छ।