समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारीपत्रअनुसार समृद्धि फाइनान्सका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा विभिन्न छुट पाउने छन् ।
फाइनान्सका अनुसार ग्राहकले अफर मुल्यमा रु. १२,०००, दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२% छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा नि:शुल्क सर्भिसिङको छुट सेवा पाउन सक्ने छन् । यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास लिएको फाइनान्सले जनाएको छ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको फाइनान्सले जनाएको छ ।