गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२ मा महिलाहरुको वित्तीय जानकारी अभिबृद्धिका लागि आज शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा महिलाहरुका लागी बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजीटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार र सि–आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायत सम्बन्धमा जानकारी दिईएको कम्पनीले जनाएको छ । कार्यक्रममा नेशनल ईन्स्टिच्युट फर करियर डेभेलपमेन्ट तर्फबाट प्रतिनिधि, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक अर्चना प्रधान तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विगत देखि नै सामाजिक कार्य गर्दै आईरहेकोे र आगामी दिनहरुमा पनि यसै गरी सहयोग कार्यलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । संस्थाले २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको जनाएको छ।