Thursday, November 13, 2025
spot_img

समृद्धि फाइनान्सद्वारा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img

समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२५ (चैत ४-१०) को अवसरमा “Think before you follow, wise money tomorrow” नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ। वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, बुटवल शाखाले चैत ५ गते नेपाल राष्ट्र बैंक बुटवलद्वारा आयोजित र्यालीमा सहभागिता जनाएको छ। त्यसैगरी, चैत ८ गते नारायणगढ शाखाले बैंकर्स एसोसिएसन नारायणगढद्वारा आयोजित र्यालीमा, हेटौंडा शाखाले बैंकर्स एसोसिएसन हेटौंडाद्वारा आयोजित र्यालीमा, र जनकपुर शाखाले नेपाल राष्ट्र बैंक जनकपुरद्वारा आयोजित र्यालीमा सक्रिय सहभागिता जनाएको छ।

यसैक्रममा, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। चैत ६ गते पुतलीसडक शाखाले काम्यक स्कूलका कक्षा ९ का ३१ विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गर्यो। त्यसैगरी, चैत ७ गते पोखरा शाखाले श्री राम आधारभूत विद्यालय, पोखरा-०८ का २० शिक्षकहरूलाई वित्तीय साक्षरता प्रशिक्षण दिएको छ।

समृद्धि फाइनान्सको इटहरी शाखाले चैत ८ गते ग्रीनलाइफ स्टाइल मार्केटिङका ५० युवालाई वित्तीय सचेतना सम्बन्धी जानकारी गरायो, गैर शाखाले युनिभर्सल एकेडेमी, गैरका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दियो, बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण गर्यो, र मधुबन शाखाले माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलका ४० विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ।

त्यस्तै, चैत १० गते बनेपा शाखाले चैतन्य कलेजका कक्षा १२ का विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गर्यो। औऱही शाखाले द सनराइज बोर्डिङ स्कूलका ४५ विद्यार्थीलाई तथा खरेन्द्रपुर शाखाले समयाथान माध्यमिक विद्यालय, शिवराज-४, खरेन्द्रपुरका ४५ विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गर्यो।

समृद्धि फाइनान्सले वित्तीय सचेतना वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिंदै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img